नेपालमा भौतिक कार्यालय नभए पनि बलियो डिजिटल उपस्थिति रहेका गुगल, माइक्रोसफ्ट, मेटा, अमेजन जस्ता विश्वका ठूला प्रविधि कम्पनीले यहाँ कारोबार गरेबापत पहिलो पटक सरकारलाई कर तिरेका छन् । हालसम्म दर्ता प्रक्रिया पूरा गरेका ९ वटा यस्ता विदेशी कम्पनीहरूले कुल ९ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । यससँगै आगामी आर्थिक वर्ष ०८०/८१ को पहिलो तीन महिनाभित्रमा यिनले विद्युतीय सेवा कर (डीएसटी) पनि तिर्ने अपेक्षा गरिएको छ ।