रसुवा - धार्मिकस्थल गोसाइँकुण्डमा विद्युत् विस्तार गर्नका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले अवरोध गरेको छ । विद्युत् विस्तार गर्दा वातावरणमा असर पर्ने भन्दै निकुञ्जले अवरोध गरेको हो । तीन वर्ष अघि नेपाल विद्युत् प्राधिकरणले गोसाइँकुण्डमा विद्युत् लैजानका लागि टेण्डर गरेको थियो ।
टेण्डर भएपछि चन्दनबारीसम्म विद्युत् विस्तार गरिएको छ । निकुञ्जको अवरोधका कारण त्यहाँबाट माथि लैजान नसकिएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ । चन्दबारीदेखि गोसाइँकुण्डसम्म विद्युत् विस्तारका लागि आवश्यक सामग्री पुगिसकेकाले निकुञ्जले सहज...