मुस्ताङको लोमान्थाङमा केन्द्रीय लाइनको विद्युत् विस्तार

मंसिर १२, मुस्ताङ । चीनसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा विद्युत् विस्तार गरेको हो । नेचुङ र छोसेर चीनको सिमाना कोरला नाकामा नेपालतर्फका अन्तिम बस्ती हुन् । प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख शिवप्रसाद नेपालले दुई ओटा वडाका १५० घरधुरीमा बिजुली बत्ती बालिएकोे जानकारी दिए । ‘लोमान्थाङको ३ र ४ नम्बर वडामा पनि वायरिङको काम चलिरहेको छ’, उनले भने, ‘लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको पाँच ओटा वडामध्ये एक वडा बाहेक अन्य सबैमा विद्युतीकरण भइसकेको छ ।’ भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सीमावर्ती गाउँमा विद्युत् सुविधा भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ । यसबाट घरायसी, कार्यालय तथा प्रशासनिक काम गर्न, इन्टरनेट चलाउन र सञ्चारका उपकरण प्रयोग गर्न सहज भएको छ । यसअघि उज्यालोका लागि स्थानीयवासीले सौर्य उर्जा  र टुकी बाल्ने गरेका थिए । चालू आर्थिक वर्षभित्र नै उपल्लो मुस्ताङका दुई ओटा गाउँपालिकाको सबै बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा बिस्तार गर्ने तयारीसहित काम भइरहेको केन्द्र प्रमुख नेपालले बताए । ११ केभी क्षमताको लाइनबाट चीनको सीमावर्ती बस्तीसम्म विद्युतीकरण गरिएको निर्माण व्यवसायी दिनेश ढुंगानाले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणसँग बेनीको न्यू ढुंगाना निर्माण सेवा कम्पनीले त्यहाँ विद्युतीकरणका लागि ठेक्का सम्झौता गरेको थियो ।  तार, खम्बा र उपकरण प्राधिकरणले खरीद गरेर ढुवानी गर्ने र जडानको काम गर्न ठेकेदार कम्पनीले गर्ने भएको छ । मुस्ताङमा निलगिरि उपभोक्ता सहकारी संस्थामार्फत विद्युत् वितरण र महसुल संकलन गरिँदै आएको छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तारका लागि गण्डकी प्रदेश सरकारले आव २०७५/०७६ मा करीब रू. आठ करोड विनियोजन गरेको थियो ।  उपल्लो मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टका अनुसार सो बजेटबाट लोमान्थाङमा मुख्य लाइनको ३९६ र शाखा लाइनका १८० खम्बा पुर्‍याइएको थियो ।  लोघेकर दामोदरकुण्डमा मुख्य लाइनका १९६ र शाखा लाइनका ७० थान खम्बा प्रदेश सरकारले दिएको थियो । म्याग्दीको दानासम्म ल्याइएको खम्बा, तार र ट्रान्सफरमर सम्बन्धित पालिकाले ढुवानी गरेर निर्माणस्थलमा पुर्‍याएका थिए । लोघेकर दामोदरकुण्डको घिलिङ, घमी, ढाक्मर, चराङ र मराङमा यसअघि नै विद्युतीकरण भएको थियो । रासस

सम्बन्धित सामग्री

शिवालयमा केन्द्रीय विद्युत् विस्तार

शिवालय गाउँपालिकामा केन्द्रीय विद्युत् लाइन विस्तार गरिएको छ । सबै वडामा ट्रान्समिटर जडान भएपछि गाउँपालिकामा केन्द्रीय विद्युत् लाइन प्रसारण भएको हो । नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले दिएको जानकारी अनुसार चैतभित्रै गाउँपालिकाका सबै घरधुरीमा लाइन वितरण गरिसक्ने लक्ष्य छ । शिवालय वितरण शाखाका इन्चार्ज आनन्दकिशोर शाहका अनुसार शिवालय गाउँपालिका–१ का ७० प्रतिशत घरधुरीमा गत वर्ष नै लाइन वितरण भइसकेको छ । केही दिनअघि वडा नं. २ को नेपामा ५० केभीको ट्रान्समिटर जडान गरी चार सय घरधुरीमा लाइन वितरण गरिएको छ ।

विद्युत् विस्तारले टेम्केमैयुङवासीको दैनिकीमा सहज

भोजपुर, ९ असोज । केन्द्रीय प्रसारण लाइन विद्युत् विस्तार भएपछि भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमैयुङ गाउँपालिकाका स्थानीयलाई सहजता थपिएको छ । विद्युत्ले स्थानीयको जीवनयापन सहजता भएको हो । विगतका वर्षहरूमा सोलार टुकी बत्तीको उज्यालोमा रात कटाउँदै आएका स्थानीयले विद्युत्बाट चल्ने उद्योग तथा विभिन्न यन्त्र, उपकरण चलाएर लाभ लिँदै आएका छन् । उनीहरूले अहिले टोलटोलमा कुटानी […]

आठविसकोटको दुर्गमबस्तीमा विद्युत् पुग्यो

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको दुर्गम मानिने बस्ती वडा नं ४ र ६ मा पहिलो पटक विद्युत् लाइन पुगेको छ । नगरपालिकाको अन्य वडामा विद्युत् विस्तार भए पनि वडा नं ४ र ६ का बस्तीमा भने पहिलो पटक एघार हजार केभिएको विद्युत् लाइन पुगेको छ । केन्द्रीय विद्युत् लाइन वडा नं ४ को गोतामकोट हुँदै ६ …

आठविसकोटको दुर्गम बस्तीमा विद्युत् पुग्यो

रुकुम – रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको दुर्गम मानिने बस्ती वडा नं ४ र ६ मा पहिलो पटक विद्युत् लाइन पुगेको छ। नगरपालिकाको अन्य वडामा विद्युत् विस्तार भए पनि वडा नं ४ र ६ का बस्तीमा भने पहिलो पटक एघार हजार केभिएको विद्युत् लाइन पुगेको छ । केन्द्रीय विद्युत् लाइन वडा नं ४ को गोतामकोट हुँदै […]

महाभारतमा केन्द्रीय विद्युत् पु-याइँदै

काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि क्षेत्रका दुई गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणको विद्युत् विस्तार कार्य सुरु गरिएको छ । विद्युत् प्राधिकरणले जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले केन्द्रीय प्रसारण लाइन नपुगेका महाभारत र खानीखोला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार गरी विद्युत् उपलब्ध गराउने भएको हो ।

भोजपुरमा विद्युत् विस्तार कार्यले गति लिँदै

पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका करिब ५० दशमलव ३३ प्रतिशत जनता लाभान्वित छन् । १९ कात्तिक २०६७ देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो ।यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४१ वर्ष पुगेको छ । विसं २०३८ मा सिक्तेलखोला जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत् जिल्ला सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए । दुई

बागलुङको बरेङ गाउँमा विद्युत् विस्तार

जिल्लाको बरेङ गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । केन्द्रीय प्रसारण लाइनको पहुँचमा नरहेका बरेङ–१ ओखरेनी माझगाउँ, थुम, लुङदी चौडिला, सोलथापा, गडेल गाउँहरुमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको हो । सामुदायिक विद्युतीकरणमार्फत केन्द्रीय प्रसारण लाइन नपुगेका गाउँहरुमा विद्युत् पुर्याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण, बरेङ धुल्लुबास्कोट उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर थापाले विद्युत्को स्विच

साकेलाका ९५ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय विद्युत् पुग्यो

काठमाडौँ । खोटाङको साकेला गाउँपालिकाका ९५ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । दुई हजार ३३५ घरधुरी उपभोक्ता रहेको साकेला गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरण तथा गाउँपालिकाको लगानीमा फलामे पोलसहितको केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको हो । विद्युत् विस्तार गर्न बाँकी पाँच प्रतिशत उपभोक्ताको घरमा समेत यसै आर्थिक वर्षभित्र विस्तार गर्ने तयारी […]

बाग्लुङ ग्रामीण क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार

बाग्लुङ : बाग्लुङका एक दर्जनभन्दा बढी गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरण बाग्लुङ वितरण केन्द्रले ६ स्थानीय तहका विभिन्न वडामा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको हो।घर छेउका साना खोलाबाट विद्युत् उत्पादन गरेर धिपधिवे बत्ती बालेका गाउँहरुमा केन्द्रीय प्रसारण लाइन पुगेको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए। गत आर्थिक वर्षमा मात्रै जिल्लाभर ३३ भोल्टको विद्युत ६ किलोमिटर विस्तार भएको छ। ११ भोल्टको १९ किलोमिटर र ४०० तथा २२० किलोभोल्टको ३९ किलोमिटर प्रसार

मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार

असार १३, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा शनिवार साँझ केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरेको हो ।  प्राधिकरणका प्राविधिक रवीन्द्र भण्डारीले मुदीका २५० घरमा विद्युतीकरण भएको जानकारी दिए । ‘मिटर जडान गरेका सबै घरमा बिजुली बलेको छ’, उनले भने, ‘सोही वडाको खाम्ला, खारा र बाँसबोटका ६५ घरमा यसअघि नै विद्युतीकरण भइसकेको छ ।’ ताकम, मच्छिम, फलियागाउँ, मुना, दर हुँदै विस्तार गरिएको केन्द्रीय प्रसारण लाइन वितरणका लागि मुदी र खाम्लामा एक/एक सय एमभिए क्षमताका दुई ओटा ट्रान्सफर्मर राखिएको छ ।  मुदीमा विद्युत् विस्तार गर्न त्यहाँ सडक नपुग्दै विसं २०७६ चैतको पहिलो हप्ता धवलागिरिले वडा नम्बर ७ काउसीबोटबाट हेलिकप्टरमार्फत दुई ओटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । विसं २०७७ असारमा मुदी सडक सञ्जालमा जोडिएको थियो । खाम्लामा अझै सडक सुविधा छैन ।  उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको छ । घरायसी काम गर्न तथा विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको स्थानीयवासी गणेश पुनले बताए ।  विसं २०७६ चैतमा वायरिङ गरिए पनि कोरोना, बन्दाबन्दी र निषेधाज्ञाका कारण विद्युतीकरण प्रभावित भएको थियो । प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले धवलागिरिको फलिगाउँ, मुना, दर र मङ्गलाको अर्मनमा चालू आर्थिक वर्षभित्रै विद्युतीकरण गर्न लागिएको बताए ।  मुनास्थित गाउँपालिकाको कार्यालयमा विद्युतीकरण भइसकेको छ । मुदीको थलडाँडामा रहेको नेपाल टेलिकमको बिटिएस टावरमा पनि विद्युत विस्तार गरिएको छ । दर हुँदै थलडाँडासम्म विद्युत् विस्तार गर्न गाउँपालिकाले लगानी गरेको छ । मुदी र मुनाका सबै घरधुरीमा विद्युतीकरण भएपछि धवलागिरिलाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ ।  यसअघि धवलागिरिको वडा नं ७ ताकम र वडा नं ६ मराङको करीब डेढ सय घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ । विसं २०७६ कात्तिकमा वडा नं २ लुलाङमा लघुजलविद्युत् र वडा नं ४ कै बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ ।  गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत् परियोजनामार्फत विद्युतीकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामध्ये कुनै एक माध्यमको विद्युत सुविधा पु¥याउने गाउँपालिकाको योजना छ । लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकारमार्फत गत कात्तिकमा ५० वाट क्षमताको सोलार सेट वितरण गरिएको थियो । रासस