गाउँगाउँमा विद्युत् विस्तार

जिल्लाको पूर्वी भेगस्थित निस्दी गाउँपालिकामा विद्युत् विस्तारको काम अगाडि बढेको छ। निस्दीको विद्युत् विस्तार गर्न बाँकी भएका अधिकांश गाउँमा केही महिनाभित्र बिजुली बत्ती बाल्ने गरी काम भइरहेको हो। डेढ दशकअघि यहाँका स्थानीय बासिन्दाले विद्युतीकरणका लागि बाख्रा तथा सुँगुरका पाठा बेचेर पाँच हजारदेखि सात हजारसम्म रकम सङ्कलन गरेका थिए। यद्यपि विद्युत् विस्तारको काम गर्ने ठेकेदारका कारण लामो समयसम्म विद्युत् विस्तार हुन सकेको थिएन।

सम्बन्धित सामग्री

लोप भए टुकी र दियालो, देखिनै छोडे आरन

पुर्खाको जीवनशैली र तत्कालीन समयको  पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोप हुन थालेको छ । म्याग्दी जिल्लाका गाउँगाउँमा तीव्रगतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै ती परम्परा हराउँदै गएको हो । डेढ दशक अघिसम्म जिल्लाका ग्रामीण क्षेत्रमा देखिने आरन पनि पछिल्लो समय विस्थापित भएका छन् । आयातित कृषि औँजारको प्रयोग गर्ने चलन सुरु भएपछि परम्परागत कृषि औँजार निर्माण गरिने आरन पेसा हराउँदै गएको आरन पेसा सञ्चालन गर्ने  विश्वकर्माले बताएका छन् । जिल्लाका ग्राम

लोप हुँदै परम्परागत पानीघट्ट, ढिकी र जाँतो

जिल्लामा आधुनिक घट्टको विकासले परम्परागत घट्ट पछिल्लो समय लोप हुँदै गएको छ । पछिल्लो समय कुटानी पिसानीमा छिटोछरितोका लागि विद्युत्बाट चल्ने आधुनिक मेसिनहरू आएपछि परम्परागत घट्ट, ढिकी र जाँतो लोप हुँदै गएका हुन् । गाउँगाउँमा विद्युत् विस्तार र सडक पुगेसँगै आधुनिक मेसिनहरू गाउँमा पुगेसँगै ग्रामीण भेगका जनताको आकर्षण बढेपछि परम्परागत पानीघट्टको प्रयोग घट्दै गएको छ ।