तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधवार तेस्रो दिन पनि रेल सेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केहीबेरको वर्षाले शीतल गरायो ।
जङ्गलमा आगालागीका सम्भावित घटनालाई दृष्टिगत गरी तैनाथ रहेका अग्नि नियन्त्रकले राहत महसुस गरे पनि लन्डन–एडिनबरा रेलमार्गका सूचना सङ्केतलगायत संरचना गर्मीका कारण बिग्रँदा रेलका कर्मचारी भने तिनको मर्मतमा व्यस्त रहनुपरेको छ ।&n...