बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा

काठमाडौं : बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन्। गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो।सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन्। सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्त

सम्बन्धित सामग्री

बुटवलको सुनौलो सहकारीका दुई सञ्चालक तथा कर्मचारी प्रहरी नियन्त्रणमा

रुपन्देही । बुटवलको सुनौलो बहुउद्देश्यीय सहकारीका दुई जना सञ्चालक तथा कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सहकारीका सिर्जना तामाङ र आर्यन क्षेत्रीलाई मङ्गलवार राती नियन्त्रणमा लिएको हो । बचतकर्ताहरूले मङ्गलवार राती सहकारीको करिब ६० लाख हिनामिना गरेको आरोप लगाउँदै सहकारी घेरेपछि बुटवलको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । वडा प्रहरी […]

तुलसी बहुमुखी सहकारीको छानबिन सिआइबीले गर्ने

विराटनगर : तुलसी बहुमुखी सहकारी संस्थाको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले छानबिन गर्ने भएको छ।विराटनगरमा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको अनियमितता प्रकरणमा सहकारी विभागद्वारा नेपाल प्रहरीको सिआइबीलाई छानबिनका लागि अनुमति दिँदै पत्राचार गरेपछि अनियमितताबारे अनुसन्धान शुरु गरिने भएको हो।विराटनगरमा रहेको उक्त सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ। सहकारीमा सेवाग्राहीले बचत गरेको करिब १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना भएको हुनसक्ने आशङ्का गरिएको छ।प्रहरी नियन्त्र

१६ करोड अनियमितता प्रकरण : सप्तकोशी डेभलपमेन्ट बैंकका चार कर्मचारी पक्राउ

विराटनगर (अस) । करिब १६ करोड रुपैयाँ अनियमितता भएको आरोपमा प्रहरीले सप्तकोशी डेभलपमेन्टका बैंकका सीईओ नवीन सुवेदीसहित लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरेको छ । यसअघि बैंकका जीएसडी प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए । बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला प्रकरणमा अहिलेसम्म चारजना पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले चारैजनालाई बैंक कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकमा बेनामे उजुरी परेपछि बैंकभित्र भइरहेको अनियमितताबारे खुलासा भएको थियो । बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । कार्यालयबाटै रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो । यति ठूलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सीईओ लगायत उच्च अधिकारी शंकाको घेरामा परेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । बबिता सीईओ सुवेदीकी नातेदार हु्न् । उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगस्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानूनी ढंगबाट निकालिएको छ । बविताको नाममा फर्जी खाता सीईओ सुवेदी र हाल प्रहरी नियन्त्रणमा रहेका रेमिट शाखा प्रमुख हिमाल भट्टराईले बनाएको आरोप लागेको छ । सो प्रकरणमा उनलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।