तुलसी बहुमुखी सहकारीको छानबिन सिआइबीले गर्ने

विराटनगर : तुलसी बहुमुखी सहकारी संस्थाको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले छानबिन गर्ने भएको छ।विराटनगरमा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको अनियमितता प्रकरणमा सहकारी विभागद्वारा नेपाल प्रहरीको सिआइबीलाई छानबिनका लागि अनुमति दिँदै पत्राचार गरेपछि अनियमितताबारे अनुसन्धान शुरु गरिने भएको हो।विराटनगरमा रहेको उक्त सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ। सहकारीमा सेवाग्राहीले बचत गरेको करिब १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना भएको हुनसक्ने आशङ्का गरिएको छ।प्रहरी नियन्त्र

सम्बन्धित सामग्री

कर्जा नतिरेपछि तुलसी बहुमुखी सहकारीको धितो लिलाम गर्दै सहकारी बैंक

३ माघ, काठमाडौं । कर्जा नतिरेपछि राष्ट्रिय सहकारी बैंकले विराटनगरको तुलसी सहकारी संस्थाको नाममा रहेको सम्पत्ति लिलामीको सूचना निकालेको छ । तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका नाममा मालपोत कार्यालय विराटनगरमा दर्ता श्रेस्ता कायम रहेको मोरङ साविकको झापा बैजनाथपुर गाविस–१ को कित्ता नम्बर ७३२ को ५०८.७४ वर्गमिटर र कित्ता नम्बर ७३३ को २९०१.२६ वर्गमिटर जग्गा लिलामीमा […]

शिव शिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय र तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार भक्तपुरको शिव शिखर बहुउद्देश्यीय र मोरङको विराटनगरस्थित तुलसी बहुमुखी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा १ को खण्ड ‘क’ देखि ‘च’ सम्मको अवस्था विद्यमान […]

दुई सहकारी समस्याग्रस्त घोषित

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो । “सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, […]

तुलसी बहुमुखी सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो

मोरङ – केदारनाथ शर्मा अध्यक्ष रहेको तुलसी बहुमुखी सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो गरेका छन्। विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै बचतकर्ताले सहकारी संस्थामा बचत गरिएको रकम सकुशल फिर्ता गराउनुपर्नेमा जोड दिएका छन्। विराटनगरस्थित संस्थाले मागबमोजिमको रकम बचतकर्ताले फिर्ता नपाएपछि पत्रकार सम्मेलन गर्दै तीन तहका सरकारको ध्यानाकर्षण गराएका हुन्। संस्थासँग पटक–पटक वार्तामा बसे पनि […]

फरार तुलसी सहकारी सञ्चालक पक्राउ, बचतकर्ताकाे ५० करोड फर्केला ?

सर्वसाधारणले सहकारीमा बचत गरेको करोडौँ रकम अपचलन गरी ४ महिनायता फरार रहेका उदयपुर र मोरङमा सञ्चालित ‘तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड’का सञ्चालक केदारनाथ शर्मा प्रहरी नियन्त्रणमा परेका छन्।...

सहकारीले बचतकर्ताको ५० करोड ८८ लाख रुपैयाँ ठग्यो, बिना धितो करौडौं कर्जा प्रवाह

काठमाडौं : तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडले बचतकर्ताको ५० करोड ८८ लाख रुपैयाँ ठगी गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले गरेको अनुसन्धानमा ५० करोड ८८ लाख ७८ हजार ७ सय २८ रुपैयाँ ठगी गरेको खुलेको हो। सहकारीले बालबचत/ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/सुपर पेन्सन बचत/अवधि बचत/कर्मचारी चल्ती बचत/विषेश बचत/साधारण बचतलगायतका विभिन्न…

तुलसी सहकारीको अनुसन्धान गर्न मोरङ प्रहरीले माग्यो सीआईबीको सहयोग

२६ फागुन, विराटनगर । तीन जिल्लाका १० हजार बढी सर्वसाधारणको करिब डेढ अर्ब रकम संकलन गरेर तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक फरार भएपछि अनुसन्धानका लागि मोरङ प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) को सहयोग मागेको छ । सहकारी अध्यक्ष केदारनाथ शर्मा फरार छन् भने उपाध्यक्ष र सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीन जिल्लामा कार्यालय खोलेका कारण […]

गाईघाटको तुलसी सहकारीका सञ्चालक भागेको अनुमान,सदस्यहरुको ५० करोड जोखिममा

सदरमुकाम गाईघाटमा सञ्चालित ‘तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड’ का सञ्चालक देश छाडेर भागिसकेको अनुमान गरिएको छ।

गाईघाटको तुलसी सहकारीका सञ्चालक भागेको अनुमान,सदस्यहरुको ५० करोड जोखिममा

सदरमुकाम गाईघाटमा सञ्चालित ‘तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड’ का सञ्चालक देश छाडेर भागिसकेको अनुमान गरिएको छ।