काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् ।
शुक्रबार नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।