माओवादीले पाएन प्रमुख

स्थानीय तह निर्वाचनमा गठबन्धन गरिए पनि काठमाडौँका पालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रमुखमा उम्मेदवारी पाउन सकेन । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका छन् । सत्ता गठबन्धनबाट प्रमुख वा उपप्रमुख नपाएपछि एकल उम्मेदवारी दिएको छ । टोखा, कीर्तिपुर, नागार्जुन, शङ्करापुर र बूढानीलकण्ठ नगरपालिकामा माओवादीका एकल उम्मेदवार छन् । तारकेश्वर, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा गठबन्धन गरे पनि प्रमुख पद पाएको छैन ।

सम्बन्धित सामग्री

माओवादीले केन्द्रीय कमिटीको आकार एक चौथाइ बनाउने

सत्ताको प्रमुख घटक नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार घटाउने भएको छ। माओवादीले केन्द्रीय कमिटीको आकार एक चौथाइभन्दा सानो बनाउन प्रस्ताव गरेको हो। अहिले माओवादी केन्द्रीय समिति ७ सयभन्दा ठूलो छ भने माओवादीले केन्द्रीय समिति १५१ सदस्यीय बनाउन प्रस्ताव गरेको छ। पार्टी उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले गरेको यो प्रस्तावमा शनिबार सुरु […]

२७५ जनालाई सत्ता सञ्चालनका विषयमा यसरी दिँदैछ माओवादीले प्रशिक्षण

नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिने भएको छ । सो पार्टीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो ।माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौं कुमारी हलमा राखेर दुई राखेर सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले बताए । बुधबार बिहान ११ बजे पार्टी

माओवादीले जित्यो १२० पालिका प्रमुख

काठमाडौं, ९ जेठ : नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।  मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् । निर्वाचन आयोगका अनुसार अब २४ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेका पालिकामध्ये २ वटामा […]

ललितपुरमा कलमलाई गठबन्धनबाट अलग्याउँदा माओवादीले खायो धक्का

ललितपुर, २ जेठ । ललितपुरमा नेकपा एकीकृत समाजवादी पार्टीलाई गठबन्धनबाट बाहिर बनाउँदा नेकपा माओवादी केन्द्रले धक्का खाएको छ । माओवादीले कोञ्ज्योसोम गाउँपालिकाको प्रमुख पदमा पराजय भोगेको छ । ललितपुरमा काँग्रेस र माओवादीबीच मात्र गठबन्धन भएकोमा गोपीलाल सिन्तान एमालेका कृष्णमान लामाबाट गाउँपालिका अध्यक्षमा पराजित भएका हुन् । उपाध्यक्षमा भने काँग्रेसका राजन घिमिरे विजयी भए । ललितपुरको […]

मेलम्चीमा माओवादीले सिफारिस गर्‍याे प्रमुख र उपप्रमुखमा तीन-तीनजनाकाे नाम

काठमाडौँ – माओवादी केन्द्रले सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाका लागि प्रमुख र उपप्रमुख सिफारिस गरेको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि माओवादीले प्रमुख र उपप्रमुखमा नाम सिफारिस गरेको हो। मेयरका लागि चन्द्रबहादुर थापा, उद्यन आलेमगर र देवेन्द्र घोरासैनी सिफारिस भएका छन्। त्यस्तै उपप्रमुखमा लक्ष्मी बस्नेत, मिथिला सिग्देल र मुना ढकालको नाम पढाएको छ।

माओवादीले कलात्मक नाटक मञ्चन गरेको नवराज सिलवालको टिप्पणी

काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता नवराज सिलवालले गठबन्धनका केही घटकले एमसीसीको बारेमा कलात्मक नाटक मञ्चन गरेको टिप्पणी गरेका छन् । नेता सिलवालले सामाजिक सञ्जालमार्फत नेकपा माओवादी केन्द्रले एमसीसी पास गराउन चाँजोपाँजो मिलाएर जनता झुक्याउने षड्यन्त्रको साथ संसदमा कलात्मक नाटक मञ्चन गरेको आरोप लगाएका हुन् । उनले माओवादीले सत्ताभोग निरन्तर कायम […]

माओवादीले ३२ विभागलाई पूर्णता दियो

काठमाडौं, मंसिर २३ । नेकपा माओवादी केन्द्रले ३२ वटा विभागलाई पूर्णता दिएको छ । माओवादीले अधिकांश विभागलाई पूर्णता दिए पनि केही विभागलाई भने अझै पूर्णता दिन बाँकी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी आन्तरिक सर्कुलरमा विभागका प्रमुख उपप्रमुख र सदस्यहरुको टुंगो लगाइएको छ । बाँकी रहेको सदस्य चयन गर्ने जिम्मेवारी प्रचण्डलाई […]

माओवादीले तोक्यो ३२ विभागका प्रमुख

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विभाग र प्रतिष्ठानको प्रमुखको टुङ्गो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । अर्थ तथा योजना विभागका प्रमुखमा वर्षमान पुन रहनुभएको छ । यस्तै उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति […] The post माओवादीले तोक्यो ३२ विभागका प्रमुख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विना मगरको छलाङ, माओवादीले बनायो खानेपानी विभाग प्रमुख

काठमाडौं, ४ कात्तिक । पूर्व खानेपानीमन्त्री विना मगरले नेकपा माओवादी केन्द्रमा महत्वपूर्ण छलाङ मारेकी छिन् । ३२ जना केन्द्रीय विभाग प्रमुख चयन हुँदा उनी पनि परिन् । माओवादीभित्र विभागको जिम्मेवारीलाई महत्वपूर्ण मानिएको छ । माओवादीका हस्ती नेताहरुले विभागको जिम्मेवारी पाउँदा विना पनि परिन् । विनालाई खानेपानी विभागको जिम्मेवारी मिलेको छ । प्रत्यक्ष निर्वाचित सांसद समेत […]