अब आन्तरिक उडान भर्न विवरणसहितको टिकट नै चाहने

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरुलाई मोबाइलमा पीएनआर नम्बरमात्र देखाएर या आन्तरिक उडान भर्न निषेध गरेको छ। विमानस्थलले मंगलबार एक सूचना निकाल्दै पीएनआर नम्बरमात्र देखाएर आन्तरिक उडान भर्न नपाउने जानकारी गराएको हो। सूचनाअनुसार यात्रुहरुले प्रिन्टेट टिकट वा पूरा  विवरण उल्लेख गरिएको डिजिटल टिकट देखाएरमात्र विमानस्थल प्रवेश गर्न पाउनेछन्। त्रिभुवन विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईँका अनुसार पीएनआर नम्बरका […]

सम्बन्धित सामग्री

चुनावको दिन आन्तरिक उडान बन्द

काठमाडौं । आगामी मंसिर ४ गते आन्तरिक उडान बन्द हुने भएको छ । प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि उडान बन्द गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमानस्थल रहेपनि आन्तरिक उडान बन्द हुने नेपालप्रेसलाई बताए । उनले भने, ‘एयरलाइन्सहरुले ४ गतेका लागि कुनै पनि टिकट नबेचेको जानकारी दिएका छन् । सो […]

उडान संख्या बढ्दा एयर ट्राफिक कन्जेसन : आन्तरिक उडान मध्यरातसम्मै संचालन हुँदै

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशको कुनै पनि गन्तव्यमा जान लाग्नुभएको छ भने पहिले आफूले टिकट लिएको वायुसेवा कम्पनीलाई फोन गर्नुस्। जहाजहरुको समय सरेर पूर्वनिर्धारितभन्दा ढिला भएको छ। दशैंमा जहाजको माग वृद्धि भएपछि वायुसेवाहरुले उडान थपेका छन्। यस्तोमा पर्वतीय क्षेत्रका केही उडान हुन नसक्दा उनीहरुका कारण आन्तरिकतर्फको सेवा नै प्रभावित भएको छ। दुई दिनयता…

नमस्ते पेबाट हवाई टिकट किन्न सकिने

नमस्ते पेले आफ्ना ग्राहकका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ ।कम्पनीले यो सेवा एन्ड्रोइडमा उपलब्ध रहेको र चाँडै आईओएसमा पनि लन्च हुने जनाएको छ । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू किन्न सक्नेछन् ।नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न […]

उपत्यका छोड्ने मतदाता बढे

काठमाडौं । स्थानीय तह निर्वाचनको दिन ३० वैशाखमा आन्तरिक उडान बन्द हुने भएको छ । निजी वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै निर्वाचनका दिन सम्पूर्ण उडान बन्द हुने जानकारी दिएको हो । अन्तर्राष्ट्रिय उडानमा भने रोक नलगाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । टिकट लिएका पर्यटकले भने आन्तरिक उडान पनि गर्न पाउने भएका छन् […]

त्रिभुवन विमानस्थलमा ‘प्रिन्टेड टिकट’ अनिवार्य

काठमाडौं, फागुन ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् । वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो । सोही अनुसार कम्पनीहरुले समेत यात्रुलाई डिजिटल टिकट नभई टिकट प्रिन्ट गरेर आउन सूचित गरेका छन् […]

त्रिभुवन विमानस्थल छिर्न ‘प्रिन्टेड टिकट’ अनिवार्य !

३ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् । मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती पाएका छन् । वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको […]

आन्तरिक उडान सञ्चालन गर्ने तयारीमा हवाई कम्पनीहरु

असार १२, काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् ।             आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले संक्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् । ती एयरलाइन्सले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने बताएका छन् ।             एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि शुरु गरिसकेका छन् । बुद्ध एयरले आइतवारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गर्ने बताएको छ । निषेधाज्ञाका कारण अनौपचारिक रुपमा सीमित संख्याका कर्मचारीमार्फत सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान खुल्ने भएपछि कार्यालय सञ्चालन तथा यात्रुको सहजताका लागि बुकिङ पनि शुरु गरिएको बताएका छन् ।             अघिल्लो महामारीपछिको उडानमा हवाई भाडामा भारी छुटका साथ उडान गरेका एयरलाइन्सले पछिल्लो उडानमा हवाई भाडा केही मात्रामा बढ्नसक्ने बताएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेकाले साबिकको हवाई भाडादर केही वृद्धि हुने बुद्ध एयरले बताएको छ ।             संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको थियो । उक्त निर्णयबमोजिम क्यानले एयरलाइन्सलाई उडान कोटा निर्धारण गरेको छ ।             अहिलेको अवस्थामा बुद्ध एयरले जम्मा ३१ ओटा उडान गर्नेछ । कम्पनीले काठमाडौंदेखि विराटनगर गन्तव्यमा दैनिक चार, भद्रपुर तीन, तुम्लिङटार एक, जनकपुर तीन, पोखरा तीन, भैरहवा पाँच, धनगढी दुई र सुर्खेत एक उडान गर्ने तालिका बनाएको छ ।             यस्तै यती एयरलाइन्सले कुल १५ ओटा उडान गर्नेछ । यतीले विराटनगर तीन, भद्रपुर दुई, जनकपुर दुई, सिमरा दुई र पोखरा दुई उडान तालिका बनाएको छ । श्री एयरलाइन्सले सात, सौर्य एयरलाइन्सका तीन उडान तालिका छन् ।             कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका संक्रमित बढेसँगै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।   रासस

बन्द भयो आन्तरिक उडान

काठमाडौँ । आजबाट आन्तरिक हवाई उडान बन्द भएको छ । यसले अग्रिम टिकट बुकिङ र यात्राको योजना बनाएका यात्रुको तालिका प्रभावित बनाएको छ । सरकारले २० वैशाख मध्यरातिबाट लागू हुने आन्तरिक हवाई उडान र २३ वैशाख रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । अन्तराष्ट्रियतर्फ भारतमा साताको दुई उडान भने निरन्तर जारी रहने […]

बन्द भयो आन्तरिक उडान, टिकटको पैसा कसरी फिर्ता गर्ने ?

२१ वैशाख, काठमाडौं । आजबाट आन्तरिक हवाई उडान बन्द भएको छ । यसले अग्रिम टिकट बुकिङ र यात्राको योजना बनाएका यात्रुको तालिका प्रभावित भएको छ । सरकारले २० वैशाख मध्यरातिबाट लागू हुने आन्तरिक हवाई उडान र २३ वैशाख रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । अन्तराष्ट्रियतर्फ भारतमा साताको दुई उडान भने निरन्तर […]