नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका सचिव भीमसेन घिमिरेको कोभिड–१९ को सङ्क्रमणका कारण निधन भएको छ । ४७ वर्षीय घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय घिमिरे २०७४ को स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत थिए। नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका स्वर्गीय घिमिरेले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।&nbs