कोरोना संक्रमणका कारण संघीय संसद सचिवालयमा कार्यरत एक उपसचिवको निधन भएको छ ।
सचिवालयको कानून शाखाका कार्यरत उपसचिव कृष्णराज खनालको शुक्रवार निधन भएको हो ।
५२ वर्षीय खनाललाई मुट रोग सम्बन्धी समस्या समेत रहेको सचिवालय स्रोतले बतायो ।
यसैबीच प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उपसचिव खनालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
कोरोना संक्रमणका कारण दिवंगत संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकसन्तप्त परिवार एवं आफन्तजनमा गहिरो समवेदना !
...