उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर तीनको आयोजना र त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वयमा यही बुधबारदेखि राजधानीमा अन्तरराष्ट्रिय (सार्कस्तरीय) युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दुई दिने उक्त सम्मेलनको तयारी पूरा भएको जानकारी गराइयो ।