जनकपुरमा दुई दिने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन शुरु

राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन धनुषाको जनकपुरधाममा सुरु भएको  छ ।  असार ९ र १० गते दुई दिन चल्ने सम्मेलनको बिहीबार उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गरेका हुन् । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नयाँ वैज्ञानिक आविस्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए । सम्मेलनमा सातवटै प्रदेशबाट करिब १५० जना सहभागी छन् ।कार्यक्रमको संय

सम्बन्धित सामग्री

बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइँदै

काठमाडौ।बिहिवारबाट बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ।जनकपुरमा आजदेखि युवा वैज्ञानिक सम्मेलन सुरु भएको छ।अबदेखि फोहोर नछुट्याए काठमाडौं महानगरवासीलाई ५०० जरिवाना लाग्ने भएको छ।अप्पर सोलु हाइड्रोको आईपीओ असार २० गते देखि खुल्दै छ र भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु हुन पुगेको छ।

जनकपुरमा आजदेखि युवा वैज्ञानिक सम्मेलन

९ असार, काठमाडौं । राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यस पटक धनुषाको जनकपुरधाममा आजदेखि सुरु हुँदै छ । अघिल्लो वर्ष प्रदेश १ मा आयोजना गरिएको सम्मेलन यस वर्ष मधेश प्रदेशमा आयोजना गरिएको हो । मुझेलियास्थित होटल राजदरबारमा असार ९ र १० गते दुई दिनसम्म चल्ने सम्मेलनको उदघाटन मधेश प्रदेशका […]