सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि ल्याएको ५३ लाख रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पंचकन्या गाउँपालिकाको वडा सचिवसहित ३ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
पंचकन्या गाउँपालिका-२ का वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी नीलप्रसाद मिश्र विरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
२०७७ पुस २४ गते राति सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजश्व रकम शंकास्पद रुपमा हराएको घटनाका सन्दर्भम...