एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पञ्चायतकालको तुलनामा अहिले कृषि क्षेत्र निकै कमजोर बनेको टिप्पणी गरेका छन् । उनले आज विनियोजन विधेयकमा छलफल गर्दै पञ्चायतकालीन अनुसन्धान केन्द्र अहिले विघटन र निजीकरण गरिएको बताएका हुन् ।‘बरु पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए,’ उनले भने, ‘त्यसलाई हामीले अहिले विघटन र निजीकरण गर्दै गयौं ।’ जसकारण, अहिले देशमा कृषि अनुसन्धान केन्द्र नै नभएकाले उत्पादित वस्तुको गुणस्तर परिक्षण गर्नै नसकिएको जिकिर गरे । कृषि क्रान्तिलाई अघ