जनशक्ति अभावमा थलिँदै जुम्लाको कृषि अनुसन्धान केन्द्र

जुम्ला : जुम्लाको विजयनगरमा रहेको कृषि अनुसन्धान केन्द्र अभावले थलिँदै गएको छ। कार्यालयमा जनशक्ति र जग्गा अभाव रहेको छ।प्राविधिक अधिकृत हरिनारायण मण्डलका अनुसार केन्द्रमा कर्मचारी र जग्गा अभाव छ। बाली अनुसन्धानका लागि २५ हेक्टरभन्दा बढी जमिन चाहिए पनि अभाव छ। जसका कारण अनुसन्धानमा प्रभाव परेको उनको भनाइ छ।केन्द्रले २०२७ सालदेखि वर्षे तथा हिउँदे बालीहरुको उत्पादन तथा अनुसन्धान गरिरहेको छ। मण्डलका अनुसार केन्द्रमा बर्खे बालीहरु चिनो, कागुन्नो, फापर, मकै, कोदो, मार्सी धान, गहत  र सिमीको अनुसन्