आयल निगमको भलबारीमास्थित प्रादेशिक कार्यालयमा आगलागी

रुपन्देही– रूपन्देहीको भलबारीमा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ। आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको प्रहरीले जनाएको छ। डिजल र पेट्रोल लोड गरेर बाहिर निस्किने क्रममा आगलागी हुँदा दुईवटा ट्यांकरमा पूर्ण क्षति पुगेको छ। आगलागीबाट […]

सम्बन्धित सामग्री

आयल निगमको धनगढी डिपो प्रमुखमा ओझा, वीरगञ्जमा ज्ञवाली

नेपाल आयल निगम लिमिटेडले रिक्त रहेको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीको प्रमुखमा प्रबन्धक सतिश ओझालाई जिम्मेवारी दिएको छ । करिब एक महिनाअघि धनगढी डिपो प्रमुख मोहनकुमार साहको केन्द्रिय कार्यालयमा सरुवा भएपछि...

आयल निगममा राप्रपाको धर्ना, पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुकाे कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा आज धर्ना दिएको छ।राप्रपाका सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ताहरू निगमको टेकुस्थित केन्द्रीय कार्यालय पुगेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन्।पार्टीका प्रवक्ता समेत रहेका शाहीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कसरी भयो, प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलको कच्चा पदार्थको मूल्य कति

राप्रपाले निगमलाई साेध्याे– भीभीआईपीलाई वर्षको कति पेट्रोल निःशुल्क दिइन्छ ?

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नुकाे कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा धर्ना दिएको छ । आज सोमवार टेकुमा रहेकाे निगमको केन्द्रीय कार्यालय पुगेका पार्टीका नेता, कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन् ।  प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ ? नेपालका भीभीआईपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ ? प्रतिलिटर पेट्रोल, डिजल र मट्टीत...

आयल निगम र व्यवसायीबीच चारबुँदे सहमति : आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । नेपाल आयल निगम र आन्दोलनरत व्यवसायीबीच चारबुँदे सहमति भएको छ । शनिबार निगमको केन्द्रीय कार्यालयमा निगम व्यवस्थापन र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीबीचको वार्तामा सहमति भएको हो । आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगमको प्रादेशिक कार्यालय घेराउ

सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आज (बिहीबार) नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरिएको छ । नेकपा एमाले निकट अनेरास्ववियु सुर्खेतले मूल्यवृद्धिको विरोधमा आयल निगमको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा धर्ना दिएको हो । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरिएको हो । अनेरास्ववियुले यसअघि मुख्यमन्त्री कार्यालयमा विरोध […]

संयुक्त विद्यार्थी संगठनद्वारा नेपाल आयल निगम घेराउ (भिडियोसहित)

काठमाडौं, २६ कात्तिक । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि साथै दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धिको विरुद्धमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेको छ । नेपाल आयल निगमको टेकु स्थित केन्द्रिय कार्यालयमा पुगेर विद्यार्थीहरुले नाराबाजि गरेका थिए । उनीहरुले दैनिक उपभोग्यवस्तु र पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि अविलम्ब खारेज गर्न माग गरेका थिए । तस्विरः […]

मूल्य वृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले आयल निगम घेराउ गर्ने

२५ कात्तिक, काठमाडौं । इन्धनको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै ६ विद्यार्थी संगठनले शुक्रबार नेपाल आयल निगमको कार्यालय घेराउ गर्ने भएको छ । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शुक्रबार आयल निगमका महाप्रवन्धक लगायतका कर्मचारीलाई कार्यालयमा प्रवेश गर्न नदिइने बताए । शुक्रबार बिहान ९ देखि ११ […]