काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नुकाे कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा धर्ना दिएको छ । आज सोमवार टेकुमा रहेकाे निगमको केन्द्रीय कार्यालय पुगेका पार्टीका नेता, कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन् ।
प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ ? नेपालका भीभीआईपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ ? प्रतिलिटर पेट्रोल, डिजल र मट्टीत...