कीर्तिमानी कामिरिता २५ औँ पटक सगरमाथाको चुचुरोमा

सोलुखुम्बु : वसन्त यामको सगरमाथा आरोहण आजदेखि सुरु भएको छ।कामिरिता शेर्पाको नेतृत्वमा बाटो बनाउँदै गएको टाली शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै यो यामको आरोहण सुरु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट थाहाखबरलाई जानकारी दिइन्। २५ औँ पटक सगरमाथाको शिखरमा पाइला राख्न सफल कामिरिता शेर्पासहित १२ जनाको नेपाली टोलीले आज सफलताका साथ चुचुरो सम्मको बाटो निर्माण गरेको अधिकृत आचार्यको भनाइ छ।मौसमले साथ दिएको अवस्थामा धमाधम आरोहण हुने बताइएको छ। यो याममा ८३ आरोह

सम्बन्धित सामग्री

पासाङ दावा शेर्पाले दिइरहेका छन् कामिरितालाई कीर्तिमानमा चुनौती

९ जेठ, काठमाडौं । मंगलबार बिहान ९ बजेर २३ मिनेट जाँदा सगरमाथा चुचुरोमा नयाँ कीर्तिमान बनेको छ । यो समय विख्यात आरोही कामिरिता शेर्पाले २८ औं पटक सगरमाथाको चुचुरो चुम्न सफल भए । उनी यसै सिजन दोस्रो पटक आरोहणमा पुगेका हुन् । यसअघि उनले सन् २०१९ मा समेत एकै सिजनमा दुई पटक सगरमाथा आरोहणको कीर्तिमान […]

हेलीले थर्कामान हिमाली क्षेत्र, हिमाल काला पत्थर बन्नेमा आरोहीको चिन्ता

पोखराः विश्वको अग्लो चुचुरो चुम्न सफल प्रथम नेपाली महिला हुन् पासाङ ल्हामु शेर्पा। सोलुखुम्बमा पर्ने सगरमाथाको चुचुरो चुमेर इतिहास रचेकी थिइन् ०५० सालमा पासाङले। उनै इतिहास रच्ने पासाङको नाममा खुम्बु पासाङ ल्हामु गाउँपालिका नाम राखिएको छ। यही गाउँपालिकामा पर्छ विश्वको अग्लो चुचुरो सगरमाथा र इतिहास रच्ने पासाङको जन्मस्थान। सोलुखुम्ब र…

रिलायन्सद्वारा कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने शेर्पालाई सम्मान

रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने दाकिपा शेर्पालाई सम्मान गरेको छ । उनले  वैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराएका थिए । कम्पनीले मंगलबार एक कार्यक्रम आयोजना गरी उनको साहसको प्रशंसा गर्दै सम्मान गरेको छ । उनलाई कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदरपत्रले स्वागत एवं सम्मान गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा छन् ।

सगरमाथा चढेकी दीया भन्छिन्- मेरो आँखामा हेर्नुस्, आनन्द पाउनुहुनेछ

काठमाडौं । अभिनेत्री दीया पुन सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली अभिनेत्री हुन् । गत जेठ १३ गते बिहान उनले ८,८४८.८६ मिटर उचाइको सगरमाथाको चुचुरो चुमिन् । एउटी अभिनेत्रीको लागि आफ्नो अनुहार सौन्दर्यको ग्ल्यामर क्षेत्रमा अर्थ हुन्छ । अनुहारै बिगार्ने किसिमले हिमाल आरोहणको निर्णय गर्नु ‘बोल्ड’ निर्णय पनि हो । दीयाले यस्तै गरिन् । […]

हिमालय एअरलाइन्स्की उडान परिचारिका डंगोलद्वारा सगरमाथा आरोहण

हिमालय एअरलाइन्स्की वरिष्ठ उडान परिचारिका ॐनिका डंगोल सहितको सगरमाथा आरोहण टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ ।  थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको आरोहण टोलीसँग डंगोलले ८८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो आरोहण गरेकी हुन् ।  काठमाडौं फर्किएपछि एअरलाइन्स्द्वारा आयोजित स्वागत कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योङ्ग र हिमालय टोलीले डंगोललाई स्वागत गरेका थिए । उनले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण परियोजना हो । ॐनिका डंगोलले हिमालयको झण्डा बोके

२६औं पटक सगरमाथाको चुचुरो चुमेर कामिरिताको विश्व किर्तिमान

काठमाडौं, २४ वैशाख । सगरमाथाको २६औं पटक आरोहरण गरी कामिरिता शेर्पाले फेरि इतिहास रचेका छन् । यसअघि आफ्नै २५औं पटक सगरमाथा चढेको इतिहास कामिरिताले तोडेका हुन् । सोलुखुम्बुका ५२ वर्षीय कामिरिताले आज साँझ सगरमाथाको सफल आरोहरण गरेका हुन् । उनले ६ बजेर ५५ मिनेटमा चुचुरो चुमेको जनाइएको छ ।-File Photo

नेपाली चेलीको साहसिक आरोहण

हिमाल आरोहण गर्नु भनेको निकै चुनौतीपूर्ण काम हो । हाम्रो मुलुकको उत्तरतर्फ अनगिन्ती साना तथा ठूला हिमालहरूले भरिएका छन् । त्यसमाथि पनि विश्वको सर्वोच्च शिखर सगरमाथा पनि हाम्रै मुलुकमा रहेको छ । सगरमाथाको चुचुरो आरोहणमा बर्सेनि थुप्रै स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्छन् । धेरै यस्ता साहसी चेलीहरू छन् जो विरलै भेटिन्छन् र नेपाली चेलीहरू […]

६ अर्ब लगानीमा पाँचतारे होटेल र अपार्टमेन्ट बनाउँदै कर्मा ग्रुप

०७६ वैशाखमा कर्मा तेन्जिङ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न सोलुखुम्बु पुगेका थिए । लुक्लादेखि बेसक्याम्पसम्म सगरमाथा चढ्ने स्वदेशी तथा विदेशी आरोहीहरूको बाक्लै भिड थियो । बेसक्याम्पमा झन्डै चार सय आरोही सगरमाथा...

वसन्त ऋतुमा ४४ मुलुकका आरोहीले टेकेका थिए सगरमाथा चुचुरो, सबैभन्दा बढी नेपाली

१८ साउन, काठमाडौं । गत वसन्त ऋतुमा कुल ४५९ जना आरोही/सहयोगीले सगरमाथाको चुचुरो चुमेका थिए । पर्यटन विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यसरी सगरमाथा पुग्ने आरोहीहरु विभिन्न ४४ वटा मुलुकका थिए । यसमध्ये सबैभन्दा बढी आरोही नेपाली छन् । नेपाली आरोहीहरु भने सहयोगी आरोहीका रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । नेपालबाहेक विश्वभरका ४३ मुलुकका […]

दिकीले चुमिन् सगरमाथाको चुचुरो

‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मूलनाराको साथ दिकी शेर्पाले सगरमाथाको चुचुरो चुमेकी छिन्।