रिलायन्सद्वारा कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने शेर्पालाई सम्मान

रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने दाकिपा शेर्पालाई सम्मान गरेको छ । उनले  वैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराएका थिए । कम्पनीले मंगलबार एक कार्यक्रम आयोजना गरी उनको साहसको प्रशंसा गर्दै सम्मान गरेको छ । उनलाई कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदरपत्रले स्वागत एवं सम्मान गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा छन् ।