दाङ– कारागारका नाइके यामराज परियार फरार प्रकरणमा दाङको घोराही कारागारका जेलरसहित सात जना पक्राउ परेका छन् । सोमबारसम्ममा दाङ प्रहरीले कैदी भगाउने कार्यमा संलग्न भएको आरोपमा कारागार प्रमुखसहित सात जना पक्राउ परेको जनाएको छ । सोमबार घोराही कारागारका प्रमुख युवराज परियार, कारागारका असई रुद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । […]