कैदी फरार प्रकरण: पक्राउ परेका जेलर छुटे

आफू बिरामी भएको बहाना गर्दै कारागारबाट बाहिर निस्केका कैदी नाइके यमराज गत ८ गते फरार भएका थिए। उनी अहिले पनि फरार छन् ।...

सम्बन्धित सामग्री

कैदी फरार प्रकरण : हाजिरी जमानतमा छुटे जेलर

दाङको घोराही कारागारका जेलर युवराज परियार हाजिरी जमानतमा छुटेका छन् । दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जेलर परियार अदालतको आदेशपछि रिहा भएको जानकारी दिए।  पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै रहेका छन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने, ‘अदालतले खोजेको बेला उपस्थित हुने गरी हाजिरी जमानतमा छोड्न आदेश दिएको हो ।’ घोराही कारागारको समेत जिम्मेवारी प्रदान गरिएका तुलसीपुर कारागारका जेलर अमर वलीले घटनाको अझै अनुसन्धान भइरहेको बताए ।फरार नाइके यम

कैदी फरार प्रकरण जेलरसहित सात जना पक्राउ

काठमाडौं । दाङको घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागारका असई रुद्रसिंह ठकुरी, एक प्रहरी हवल्दार, प्रहरी जवान धनबहादुर चौधरी, घोराही उप महानगरपालिकाका विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका समी चौधरी, घोराही होटल प्याराडाइजका सौजन्य खनाल समेत गरी सात जना रहेका छन् । […]

कैदी फरार प्रकरण : घोराही कारागारका जेलरसहित सातजना पक्राउ

दाङको घोराही कारगारबाट कैदीलाई भगाउन सहयोग गरेको भन्दै कारागारका जेलर युवाराज परियारसहित  तीनजना प्रहरीलाई पक्राउ गरिएको छ। प्रहरी स्रोतका अनुसार कारागारका  कैदी नाइके  समेत  रहेका यमराज परियारलाई भगाउन उनीहरुको संलग्नता रहेको...

कैदी फरार प्रकरण : जेलर ३ प्रहरीसहित ७ जना पक्राउ

कैदी फरार भएको विषयलाई लिएर दाङको घोराही कारागारका जेलर युवराज परियार र तीन जना प्रहरीसहित सात जना पक्राउ परेका छन् । जिल्ला अदालत दाङले सोमबार पक्राउ अनुमति जारी गरेपछि जेलर परियारसहित सात जनालाई बेलुकी पक्राउ गरिएको कारागार प्रशासनले जानकारी दिएको छ । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यमराज परियारलाई मिलोमतोमा फरार गराएको आशंकामा अनुसन्धान गर्नुपर्ने भएपछि जेलर परियार, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, दुई महिला र एक होटल सञ्चालकविर...

कैदी फरार प्रकरण : जेलर युवराज परियार पक्राउ

पुस ६ गतेदेखि १३ गतेसम्म बिदा बसेका जेलर ८ गते कार्यालय आएर परियारलाई अस्पताल जान अनुमति दिएकाले उनको मिलेमतो भएको ठहर गर्दै प्रजिअको सहमतिमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।