पुस ६ गतेदेखि १३ गतेसम्म बिदा बसेका जेलर ८ गते कार्यालय आएर परियारलाई अस्पताल जान अनुमति दिएकाले उनको मिलेमतो भएको ठहर गर्दै प्रजिअको सहमतिमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
दाङको घोराही कारागारका जेलर युवराज परियार हाजिरी जमानतमा छुटेका छन् । दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जेलर परियार अदालतको आदेशपछि रिहा भएको जानकारी दिए। पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै रहेका छन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने, ‘अदालतले खोजेको बेला उपस्थित हुने गरी हाजिरी जमानतमा छोड्न आदेश दिएको हो ।’ घोराही कारागारको समेत जिम्मेवारी प्रदान गरिएका तुलसीपुर कारागारका जेलर अमर वलीले घटनाको अझै अनुसन्धान भइरहेको बताए ।फरार नाइके यम
काठमाडौं । दाङको घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागारका असई रुद्रसिंह ठकुरी, एक प्रहरी हवल्दार, प्रहरी जवान धनबहादुर चौधरी, घोराही उप महानगरपालिकाका विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका समी चौधरी, घोराही होटल प्याराडाइजका सौजन्य खनाल समेत गरी सात जना रहेका छन् । […]
कैदी फरार भएको विषयलाई लिएर दाङको घोराही कारागारका जेलर युवराज परियार र तीन जना प्रहरीसहित सात जना पक्राउ परेका छन् । जिल्ला अदालत दाङले सोमबार पक्राउ अनुमति जारी गरेपछि जेलर परियारसहित सात जनालाई बेलुकी पक्राउ गरिएको कारागार प्रशासनले जानकारी दिएको छ ।
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यमराज परियारलाई मिलोमतोमा फरार गराएको आशंकामा अनुसन्धान गर्नुपर्ने भएपछि जेलर परियार, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, दुई महिला र एक होटल सञ्चालकविर...