कैदी फरार प्रकरण : जेलर ३ प्रहरीसहित ७ जना पक्राउ

कैदी फरार भएको विषयलाई लिएर दाङको घोराही कारागारका जेलर युवराज परियार र तीन जना प्रहरीसहित सात जना पक्राउ परेका छन् । जिल्ला अदालत दाङले सोमबार पक्राउ अनुमति जारी गरेपछि जेलर परियारसहित सात जनालाई बेलुकी पक्राउ गरिएको कारागार प्रशासनले जानकारी दिएको छ । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यमराज परियारलाई मिलोमतोमा फरार गराएको आशंकामा अनुसन्धान गर्नुपर्ने भएपछि जेलर परियार, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, दुई महिला र एक होटल सञ्चालकविर...