जाजरकोट । मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालको रुपमा परिचित हिमालको बीचमा रहेको शे फोक्सुण्डो तालको वारिपारि जीवित कुनै पनि प्राणी नभएको विश्वास छ ।
२ असार, रिग्मो (डोल्पा) । देश दुनियाँको खबर मोबाइल फोनमा छिनछिनमा आइपुग्छ । डोल्पाको छेप्का भने विश्वग्रामको यो डिजिटल दुनियाँबाट टाढै छ । डोल्पाको सुलिगाढबाट शे–फोक्सुण्डो ताल जान पाँच घण्टा हिँडेपछि पुगिन्छ छेप्का गाउँ । शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने यो गाउँमा जम्मा १० घर छन् । हिउँ पर्नेबाहेक अरु मौसममा यो गाउँको बाटो भएर सयौं […]
जाजरकोट, ७ पुस । मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालको रुपमा परिचय बनाएको शे फोक्सुण्डो ताल । वारिपारि हिमालको बीचमा रहेको यो तलमा जीवित कुनै पनि प्राणी नभएको विश्वास छ । तस्वीरः हेमन्त केसी÷रासस
नेपालकै सबैभन्दा गहिरो ताल हो, शे-फोक्सुण्डो तालको मनोरम दृश्यले जसलाई पनि मोहित बनाउँछ । पछिल्लो समय शे- फोक्सुण्डो ताल आकर्षणको केन्द्र बन्दै गएको छ ।
वरिपरि पहाडले घेरिएर बीचमा वाई आकारमा बनेको यो ताल समुन्द्री सतहबाट ३ हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४ दशमलव ८ किलोमिटर र चौडाइ १ दशमलव ६ किलोमिटर छ । यो तालको गहिराइ भने ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबेलामा रङ बदल्छ भनिन्छ ।
यो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको थियो । डोल्पा जिल्ला सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक तथा बाह्यि पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ ।
सडकमार्ग हुँदै यहाँ पुगेमा यात्रा निकै रमाइलो छ । बाटोमा जतिसुकै दुःख पाए पनि तालसम्म पुग्दा पर्यटकलाई लोभ्याउने प्राकृतिक क्षमता छ । तस्वीर : रासस
सुइँय… सुइँय ! सिठी बज्यो, कडासँग । शे–फोक्सुण्डो ताल किनारबाट उकालिएको गोरेटो निकै अप्ठेरो छ । ढुङ्गा र बालुवासँगै भीर छ डरलाग्दो । तल छाँगाछुर भीर गएर हरियो दहमा जोडिएको छ । हामी असिनपसिन भएर माथि रोकिएका थियौं । त्यै बेला खच्चडको हुल आयो । कानै खाने गरी सिठी बजेपछि दक्षिणतिर हेरें । पिर्ती कराइरहेथे— […]
शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै...
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको छ ।
निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो ।
सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिंकले जनाएको छ ।
इन्टरनेट प्रयोग गर्ने व्यक्तिले १ दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए ।
...