तस्वीर : शे - फोक्सुण्डो तालको मनोरम दृश्य

नेपालकै सबैभन्दा गहिरो ताल हो, शे-फोक्सुण्डो तालको मनोरम दृश्यले जसलाई पनि मोहित बनाउँछ । पछिल्लो समय शे- फोक्सुण्डो ताल आकर्षणको केन्द्र बन्दै गएको छ । वरिपरि पहाडले घेरिएर बीचमा वाई आकारमा बनेको यो ताल समुन्द्री सतहबाट ३ हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४ दशमलव ८ किलोमिटर र चौडाइ १ दशमलव ६ किलोमिटर छ । यो तालको गहिराइ भने ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबेलामा रङ बदल्छ भनिन्छ ।     यो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको थियो । डोल्पा जिल्ला सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक तथा बाह्यि पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ ।  सडकमार्ग हुँदै यहाँ पुगेमा यात्रा निकै रमाइलो छ । बाटोमा जतिसुकै दुःख पाए पनि तालसम्म पुग्दा पर्यटकलाई लोभ्याउने प्राकृतिक क्षमता छ । तस्वीर : रासस