फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने

फोनपेको क्यूआर मार्फत भाटभटेनि सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ्ग गर्न सकिने योजना सञ्चालन गरिएको हो । यस योजना अन्तरगत फोनपे मार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ्ग गर्न सक्नेछन् । साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न...

सम्बन्धित सामग्री

हाम्रो पेको क्यूआरमा भुक्तानीमा सुविधा थप

काठमाडौं– हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट हाम्रो पेबाट भुक्तानी गर्दा ‘कोइली’ कराउने भएको छ । बिज क्राफ्ट कम्पनीले तयार पारेको कोइली नामक अडियो उपकरण तथा साउन्ड बक्समार्फत हाम्रो पेको भुक्तानी सफल भएको जानकारी आवाजमै सुन्न सकिने भएको हो । हालको अवस्थामा ग्राहक तथा मर्चेन्टले क्यूआर भुक्तानी गर्दा तत्काल कारोबार सफल भए नभएको तत्कालै […]

हाम्रो पे क्यूआरमा भुक्तानी गर्दा ‘कोइली’ कराउने

काठमाडौँ– हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट हाम्रो पेबाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ ।  बिज क्राफ्ट कम्पनीले तयार पारेको कोइली नामक अडियो उपकरण तथा साउण्ड बक्समार्फत ‘हाम्रो पे’को भुक्तानी सफल भएको जानकारी आवाजमै सुन्न सकिने छ । हालको अवस्थामा ग्राहक तथा मर्चेन्टले क्यूआर भुक्तानी गर्दा तत्काल कारोबार सफल भए÷नभएको तत्कालै थाहा […]

आइएमई पेमार्फत क्यूआर भुक्तानी गर्दा रिवार्ड पोइन्ट

काठमाडौं। आइएमई पेले क्यूआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ । ग्राहकलाई विद्युतीय तथा क्यूआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यले कम्पनीले क्यूआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो । सो भुक्तानीबाहेक कम्पनीले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने जानकारी दिएको छ । रिवार्ड पोइन्ट जुनसुकै क्यूआर भुक्तानीमा पाउन सकिने बताइएको छ । सो रिवार्ड पोइन्ट कारोबार गर्दै जाँदा जोडिँदै जाने र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्ने कम्पनीको भनाइ छ । आइएमई पे मोबाइल वालेट एप विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

प्रोग्रेशिभ फाइनान्सको क्यूआर सेवा शुरू

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले आइतवारदेखि क्यूआर भुक्तानी टेलर सेवा शुरू गरेको छ । यसबाट ग्राहकलाई साना साना रकम झिक्न र चेक बुक तथा डेबिट कार्डको प्रयोग कम गर्न सघाउने कम्पनीको विश्वास छ । मोबाइल बैंकिङ सेवा सुचारु भएका ग्राहकले संस्थाका कुनै पनि शाखा वा विस्तारित काउन्टरमा गई क्यूआर स्क्यान गरेर रकम भुक्तानी प्राप्त गर्न सकिने बताइएको छ । यसको भुक्तानी सीमा मोबाइल बैंकिङको भुक्तानी सीमा अनुरूपकै रहने कम्पनीको भनाइ छ । फाइनान्सका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमोद भट्टराईले क्यूआर भुक्तानी सेवाको प्रयोग गरी सुरक्षित र भरपर्दो विद्युतीय बैंकिङ कारोबार गर्न आग्रह गरे ।

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप मार्फत स्मार्ट क्यूआर भुक्तानी गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने भएको छ । बैंकका अनुसार हाल १४ लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरु छन् । मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल बैंकिङ एपमा रहेको क्यूआर भुक्तानी गर्ने विकल्प छनौट गरी स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् […]

नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा

काठमाडौं (अस) । नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा लिन सकिने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेटमार्फत ग्राहकले सो सेवा लिन सक्ने भएका हुन् । ‘नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिँदै आएका व्यापारी व्यवसायीलाई भुक्तानी दिन सक्नेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अहिलेसम्म स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापारी व्यवसायीले नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर सेवा लिन सक्ने पनि बैंकले जानकारी दिएको छ । नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्यूआरमार्फत ‘गोल्ड स्टार’का शोरूमहरूमा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छूट पाइने बैंकको भनाइ छ ।

कुमारी बैंकको मोबाईल एपमार्फत फोनपेमा किस्ताबन्दीमा रकम भुक्तानी गर्न  सकिने

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोबाइल एप्स् मार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ ।  एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो । यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआर मार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सकिनेछ । यो सुविधाका लागि ग्राहकले कुमारी बैंकको फोनलोन सुविधाका लागि योग्य भएको हुनुपर्नेछ। कुमारी बैंकको मोबाइल एप्स् मार्फत क्यूआर भुक्तानी गर्...

कास्कीका औषधि पसलमा क्यूआर कोडमार्फत पैसा तिर्न सकिने

कास्कीका औषधि पसलमा क्यूआर कोडमार्फत पैसा तिर्न सकिने भएको छ । इ–सेवा र नेपाल औषधि व्यवसायी संघ कास्कीबीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरसिपका लागि सम्झौता भएको हो