काठमाडौं। आइएमई पेले क्यूआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ । ग्राहकलाई विद्युतीय तथा क्यूआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यले कम्पनीले क्यूआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो ।
सो भुक्तानीबाहेक कम्पनीले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने जानकारी दिएको छ । रिवार्ड पोइन्ट जुनसुकै क्यूआर भुक्तानीमा पाउन सकिने बताइएको छ । सो रिवार्ड पोइन्ट कारोबार गर्दै जाँदा जोडिँदै जाने र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्ने कम्पनीको भनाइ छ । आइएमई पे मोबाइल वालेट एप विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।