नेपालगन्ज : सोमवार बिहानदेखि परेको अविरल वर्षाका कारण बाँकेको कोहलपुर नगरपालिकाको अधिकांश भूभाग डुबानमा परेको छ। पानी भरिएर नगरपालिकाको वडा नम्बर ११ गोलपार्क क्षेत्रलगायत वडा नम्बर १, २, १४, ८, ९ र १० मा डुबान भएको नगरपालिकाले जनाएको छ। कोहलपुरको मुख्यबजार दसबिघा क्षेत्र र गोलपार्क क्षेत्रमा डुबान हुँदा स्थानीयले घरबाहिर निस्कनसमेत सास्ती भएको छ। एक स्थानीयका अनुसार कोहलपुर नगरपालिकाले निर्माण गरेका नाला तथा नालीको सफाइ नगर्दा मुख्य बजारसहित अधिकांश टोलहरु डुबानमा परेका हुन्। उनले