बर्दिया : तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा २ सयभन्दा बढी घर डुबानमा परेका छन्। पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न छन्। अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो। गत मंगलवार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीको महान् चाड बडादशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीय बासिन्दा बताउँछन्।बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले र