काठमाण्डौ – प्रतिकूल मौसमका कारण आइतवार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा भएको तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव काठमाण्डौ ल्याइएको छ । विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव हिजो सोमवार बेलुकी र आज मङ्गलवार थप १२ जनाको शव नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार काठमाण्डाै ल्याएका शवहरू त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शवलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछ...