वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तुु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तुु ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तुु शनिबार ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ ।
बोर्डका अनुसार कोभिड–१९ पछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकै पटक सङ्कलन गरेर&nb...