हेलिकप्टर कम्पनी थपियो

नेपालमा नयाँ हेलिकप्टर कम्पनीले सेवा सञ्चालन गर्ने भएको छ । पन्ध्र करोड रुपैयाँको लागतमा स्थापित स्काइटेल हेलिसफारीले भदौ अन्तिमबाट उडान सुरु गर्ने तयारी गरिरहेको छ । स्काइटेलले छ सीट भएको आर–४४ राभेन हेलिकप्टर मार्फत उडान सुरु गर्न लागेको एक सञ्चालक केदारप्रसाद अर्यालले बताए । हेलिकप्टर पोखरा बेस भएर सञ्चालन हुनेछ । साउनको पहिलो हप्तामा नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा सञ्चालन अनुमतिपत्र दिने बताइएको छ । अनुमतिपछि स्काइटेलले हेलिकप्टर खरीदका लागि प्रतीतपत्र खोल्नेछ । कम्पनीले अमेरिकाबाट हेलिकप्टर खरीदका लागि प्रक्रिया अघि बढाएको बताए । कम्पनीले निकट भविष्यमा आर–४४ र आर–२२ वेटा दुईवटा हेलिकप्टर खरीदको लक्ष्य लिएको बताएको छ । त्यस्तै, एम वान १७ र एम वान १८ जहाज पनि भाडामा लिएर सञ्चालन गर्ने तयारी सुरु गरेको छ । चार्टर, कार्गो र यात्रुबाहक गरी तीनवटै सेवा सञ्चालन गर्ने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ । पाइलट ट्रेनिङ स्कुलको तयारी जनकपुरमा नेपालकै दोस्रो पाइलट ट्रेनिङ स्कुल स्थापना हुने भएको छ । इन्टरनेशनल पाइलट टे«निङ स्कुल प्रालिले यो स्कुल एघार करोड रुपैयाँको लागतमा स्थापना गर्न लागेको हो । यसअघि चितवनमा शिवानी एयर प्रालिले पाइलट ट्रेनिङ स्कुल स्थापना गरेको थियो । तर, त्यसका प्रबन्धक नै विद्यार्थीहरूबाट संकलित झन्डै ६ करोड रुपैयाँसहित भागेपछि स्कुल बन्द भएको थियो । वर्ष ५, अंक ४६, २०६७, साउन ३–९

सम्बन्धित सामग्री

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने लेस्टरका अर्बपति मालिक को हुन् ?

सन् २०१६ मा लेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेपछि क्लबका खेलाडी, पदाधिकारी, कर्मचारी र आमन्त्रित पाहुनाहरु उत्सव मनाइरहेका थिए ।  एकाएक त्यो उत्सवमा अर्को खुसियाली थपियो, जब क्लबका मालिक भिचाई श्रीभाधनाप्रभाले रोयल लेस्टर इन्फर्मरी अस्पताललाई १० लाख पाउण्ड दान गरेको घोषणा गरे ।  थाइल्याण्डका अर्बपति श्रीभाधन...