खेलाडी र खेलकर्मीलाई विभूषण र पदक

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसहित खेलाडी, खेलकर्मी विभूषित भएका छ । गत वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आयोजित कार्यक्रममा प्रदान गरेकी थिइन् । आयशासँगै कोरियाली तेक्वान्दो प्रशिक्षक क्वन योङ दाल, नेपाल क्रिकेट संघ (क्यान) […]

सम्बन्धित सामग्री

गृहमन्त्रीले रोके विभूषण, अब मापदण्ड बनाएर मात्र दिइने

२९ भदौ, काठमाडौं । सरकारले यो वर्ष संविधान दिवसको दिन मानपदवी तथा पदक वितरण नगर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विभूषण वितरण कार्य हाललाई स्थगित गर्ने निर्णय गरेको हो । साथै विभूषण वितरणलाई मर्यादित एवं थप व्यवस्थित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुन समेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न […]

कृष्ण मल्लले ‘कीर्तिमय राष्ट्रदीप विभूषण’ पदक नलिने

काठमाडौं । अभिनेता कृष्ण मल्लले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रदान गरिएको पदक नलिने भएका छन् । शीतल निवासमा पदक वितरण भइरहेकै समयमा फेसबुकमा स्टाटस लेख्दै मल्लले आफूलाई प्रदान गर्ने भनिएको ‘कीर्तिमय राष्ट्रदीप विभूषण’ स्वीकार नगर्ने बताएका हुन् । पदक नलिने घोषणा गरेपछि अनलाइनखबरले अभिनेता मल्लसँग जिज्ञासा राखेको थियो । आफूलाई सुरुमा सुकीर्तिमय पदक दिने भनिएपनि नाम […]

संविधान दिवसमा ९९८ जनालाई विभूषण (सूचीसहित)

संविधान दिवनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ वटा पदक तथा विभूषण प्रदान गरेकी छन्।...

९९८जनाले पाए पदक तथा विभूषण (सूचीसहित)

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ९९८ वटा पदक तथा विभूषण प्रदान गरेकी छन्।भदौ ३१ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारले नेपाल रत्नसहित विभिन्न ९९८ वटा विभूषण पदक प्रदान गरेकी हुन्।भण्डारीले संविधान दिवसमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। क-कस्ले पाए

सरकारी पदक विवादमा, चार पत्रकारद्वारा पदक अस्वीकार !

काठमाण्डाै – संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक विवादमा पर्न थालेका छन् । योग्यताको मूल्याङकनन नगरि राजनीतिक दलसँग सम्बन्धित रहेकै आधारमा पदक दिएको भन्दै चौतर्फी आलोचना भएको हो ।एक पटक पनि नसोधिकनै विभूषण पाउनेको सूचीमा आफ्नो नाम राखेको भन्दै केही पत्रकारले पदक अस्वीकार गरेका छन् । पत्रकार कृष्णज्वाला देवकोटा, हरिबहादुर थापा, नारायण अमृत र कार्टुनिस्ट रविन सायमीले पदक नलिने घोषणा गरेका हुन् । उनीहरूले पदकको वितरण न्यायपूर्ण,...

पदक पाएका न्यायाधीशहरुलाई नेम्वाङको आग्रह : विभूषण अस्वीकार गरिदिनुस्

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सातौँ संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदान गरिएको विभूषण र पदकमाथि टिप्पणी गरेका छन् । आइतबार च्यासलमा आयोजित एक कार्यक्रममा उनले संसद् विघटनविरुद्धको रिटको संवैधानिक इजलासमा बसेका न्यायाधीशहरूलाई पदक अस्वीकार गर्न आग्रह गरे । उनले पदकका विषयमा आफूलाई आश्चर्य लागेको पनि सुनाए । ‘दुःख […]

राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्र दीप प्रथम श्रेणी […]

विष्णु माझीलाई प्रवल जनसेवाश्री, को–को कलाकारले पाए विभूषण?

काठमाडौँ – सरकारले संविधान दिवसका अवसरमा प्रदान गर्ने विभूषण, अलंकार तथा पदक पाउनेहरुको सूचीमा कलाकारहरु पनि परेका छन्। पछिल्लो समय ‘चरी जेलै’ मा बोलको गीतका कारण चर्चामा रहेकी गायिका विष्णु माझीसहितले विभूषण पाएका हुन्। गायिका माझी विगत १० वर्षदेखि सार्वजनिक रुपमा नदेखिएका कारण विभिन्न चर्चा तथा आंकलन हुने गरेको छ। गायिका माझीले प्रवल जनसेवाश्री पदक […]