किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज जेठ १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले जेठ २८ गते शनिवार धनगढीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सभामा लैजाने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७ सय ७५ रुपैयाँ २५ पैसा को २० प्रतिशतले हुन आउने ७ करोड ८५ लाख ६१ हजार ७ सय ५५ रुपैयाँ ५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।यो कम्पनी साविकको एनआरएन लघुवित्त हो । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: क) साधारण प्रस्तावहरु१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात र मिति २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने ।३) कम्पनी ऐन २०७३ को दफा १११ अनुसार आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।४) मनोनित संचालकको अनुमोदन गर्ने सम्बन्धमा ।विशेष प्रस्तावहरु:१. सञ्चालक समितिको प्रस्तावबमोजिम आ.व. २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजी रु.३९,२८,०८,७७५/२५ को २० प्रतिशतले हुने रकम रु. ७८५६१७७५/०५ बोनस शेयर वितरणको प्रस्ताव पारित गर्ने ।२. बोनश शेयर वितरण र थप सर्वसाधारणलाई शेयर निष्कासन गर्नुपर्ने भएकाले प्रबन्धपत्रको दफा ६ को उपदफा 'ख' र 'ग', दफा ८ को 'ङ' र नियमावलीको दफा २७ (२) संशोधन गर्ने र थप सर्वसाधारणको लागि शेयर निष्कासन गर्नेसम्बन्धी उपदफा 'झ' थप गर्ने ।३. संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने वा प्राप्ति (एक्विजिसन)सम्बन्धी प्रक्रिया अगाडि बढाउन र तत् सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।४. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन प्राप्त भएमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारीप्रदान गर्ने ।५. संस्थाको केन्द्रीय कार्यालय सार्ने सम्बन्धमा ।