कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन् । वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा १५ जना महिलाले आत्महत्या गरेका छन् ।घरेलु हिंसाका घटना १३ वटा, जबरजस्ती करणीका ३ वटा, जबरजस्ती करणी उद्योगका २ वटा, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्ती करणी र बहुविवाहका १/१ वटा मुद्दा दर्त