उत्तरी चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका– ६ लिमी जाने बाटोमा पर्ने कर्णाली नदीमा पुल नहुँदा स्थानीयबासी जोखिम मोलेर आउजाउ गर्न बाध्य छन् । पुल नहुँदा स्थानीयलाई पुस्तौंदेखि जोखिम मोलेर सदरमुकाम आउनुपर्ने बाध्यता भएको हो ।
विकास निर्माणका काम समयमै सम्पन्न नहुँदा बर्खामा प्रत्येक वर्ष सास्ती हुँदै आएको छ । विशेषगरी यातायातको सुविधाका लागि सडकको विस्तार र खोलामा पक्की पुल निर्माण गर्न ढिलासुस्ती हुनाले समग्र विकास निर्माण पछाडि धकेलिएको हुन्छ । यसको ज्वलन्त उदाहरण मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडकखण्डका पाँच पक्की पुल निर्माणको काम हो । जसअन्तर्गत झर्ना खोलामा पुल बने […]
गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नम्वर ४ र ६ जोड्ने गुम्दीखोलामा पुल नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।विभिन्न कामको सिलसिलामा वारिपारि गर्न समस्या भएको स्थानीयवासी बताउँछन्। खोला भएर घाँस दाउरा गर्न र बस्तुभाउ चराउन जान पनि समस्या भएको उनीहरूको भनाइ छ।स्थानीय बलमान गाहाले हिउँदको समयमा पनि खोला ठूलो भएकाले यात्रा गर्न समस्या भएको गुनासो गरे। मोटरसाइकल लिएर वारपार गर्दा जोखिम रहेको स्थानीय अभियान थापाको भनाइ छ। खोलामा पुल निर्माण गर्न वर्षौँदेखि माग गरे पन
विराटनगर: विराटनगर महानगरपालिका वडा नम्बर ६ मा नगरवासीको सक्रियतामा सेल्फी पुल निर्माण भएको छ। पुल निर्माण भएसँगै सो वडाको बिएफएम टोल र झरना चौक जोडिएका छन्। त्यहाँ अवस्थित नहरमा पुल नभएका कारण मानिसहरूलाई आउजाउमा निकै समस्या हुने गरेको थियो। निर्माण सम्पन्न भएसँगै साँझबिहान आउजाउ गर्न सजिलो भएको मञ्जित कामतले बताए। बाँसको पुलबाट यात्रा गर्दा साह्रै जोखिम मोल्नु पर्ने हुन्थ्यो, फलामको पुल निर्माण भएपछि त्यो जोखिम हट्यो,’ विराटनगर— ६ का कामतले भने। बाँसको पुल हुँदा निक्कै ज
काठमाडौँ,२० साउन । बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुङ्गाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य […]
सल्यानको कालिमाटी गाउँपालिका–७ काप्रेचौरस्थित बबई नदिमा घुइयावारी–बाटुले जोड्ने पुल नहुदाँ विद्यार्थीहरु जोखिम मोलेर विद्यालय जान बाध्य छन्। वर्षातको उर्लँदो भेल होस वा हिउँदको चिसो, विद्यार्थीलाई जोखिम मोलेर नदी वारपार गर्नुको...
सल्यान : बबई नदीमा पुल नहुँदा सल्यान कालिमाटीका बालबालिका जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन्। कालिमाटी गाउँपालिका–७ काप्रेचौरका १५० भन्दा बढी बालबालिका दैनिक जोखिम मोलेर बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्दै आइरहेका हुन्।पुल नहुँदा चिन्ना, गाडीको ट्युब‚ जर्किन आदिको सहायताले बबई नदी तर्ने गरेको बालबालिकाको भनाइ छ। बबईपारीका स्वयंवास, कुसुमतरा, बाटुले लगायतका बालबालिका दैनिक एक घण्टा हिँडेर घुइयाबारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा जाने गर्दछन्।विद्यालय जाँ
रुकुम (पूर्व) : रुकुमपूर्व भूमे गाउँपालिका–३ स्थित क्याङ्सी खोलाको झोलुङ्गे पुल भत्किएपछि त्यहाँका स्थानीयले जोखिम मोलेर आवतजावत गर्ने गरेका छन्।गत वर्ष जेठमा सिमा–झुम्लाबाङ–क्याङ्सी कृषि सडक खण्ड मर्मत गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले झोलुङ्गे पुल भत्काएको थियो।सडक मर्मत गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले पुल भत्काएको हो।पुलको एकापट्टिको मुख्य तार सहित जाली चुडिएको छ। जसले गर्दा स्थानीय बासिन्दा र मावि सिमा पढ्न जाने विद्यार्थीले जोखिम मोलेर वारपार गरिराखेका छन्।पुलमा ह
तेह्रथुम । मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथु्मको फेदाप र मयाङ्लुङ जोड्ने खोरुङवा खोलामा निमार्णाधीन पक्की पुल ५ वर्षमा पनि पूरा हुन सकेको छैन । २०७३ सालमा निर्माण सम्झौता भए पनि सप्तकोसी जलाधार निर्माण कम्पनीको लापरबाहीका कारण पुल बन्न नसकेको हो । पक्की पुल नबन्दा सवारीसाधन काठको झोलुङ्गे पुलबाट जोखिमपूर्ण ओहोरदोहोर गर्न बाध्य छन् । २०७४ साल […]