आयोगद्वारा निर्वाचन सञ्चालनसम्बन्धी कार्यशाला सम्पन्न

निर्वाचन आयोगको आयोजनामा निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा विभिन्न सञ्चारगृहका महिला सञ्चारकर्मीहरुका लागि काभ्रेको धुलीखेलमा कार्यशाला सम्पन्न भएको छ । तीन दिने कार्यशालामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सम्बोधन गर्दै निर्वाचन चक्रका सबै चरण र प्रक्रियामा सत्य, तथ्य र यथार्थ समाचार तथा विचारको सम्प्रेषणमार्फत स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि राज्यको चौथो अङ्गको रुपमा रहेको सञ्चारजगतको भूमिका महत्वपूर्ण रहने बताए ।  सबै प्रक

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहिता कार्यान्वयनमा मिडियाको भूमिका विषयक कार्यशाला सुरु

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल प्रेस इन्ष्टिच्यूटको आयोजनामा सम्पन्न हुने निर्वाचन आचारसंहिता कार्यान्वयनमा मिडियाको भूमिका विषयक तीन दिने राष्ट्रिय कार्यशाला गोष्ठी आज आइतवारदेखि सुरु भएकाे छ । सम्पादक, संवाददाता र लगानीकर्ता गरी ७० जना मिडियाकर्मीको सहभागिता रहेको कार्यशालाको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले गर्नुभयो । भर्चुअल विधिमा सञ्चालित उद्घाटन सत्रलाई सम्बोधन गर्दै सचिव अर्यालले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन १५ दिनमात्र बाँकी रहेको बेला ...

निर्वाचन आचारसंहिता कार्यान्वयनमा मिडियाको भूमिका

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल प्रेस इन्ष्टिच्यूटको आयोजनामा सम्पन्न हुने निर्वाचन आचारसंहिता कार्यान्वयनमा मिडियाको भूमिका विषयक तीन दिने राष्ट्रिय कार्यशाला गोष्ठी आइतबारदेखि सुरु भएको छ । मुलुकका सम्पादक, रिपोर्टर र लगानीकर्ता गरी करिब ७० प्रभावशाली मिडियाकर्मीको सहभागिता रहेको कार्यशालाको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले गर्नुभएको थियो […]

आयोगको समीक्षामा यस्तो रह्यो स्थानीय निर्वाचन

निर्वाचन आयोगले वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रदेशस्तरीय तथा केन्द्रीयस्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको छ । स्थानीय तह निर्वाचनमा भए गरेका असल अभ्यासको निरन्तरता, समस्याको पहिचान एवं सोको निराकरणका लागि सुझावको सङ्कलन गरी आगामी निर्वाचनमा सुधार ल्याउने उद्देश्यले आयोगले यही असार ५ गतेदेखि विभिन्न मितिमा प्रदेशस्तरीय र आज काठमाडौँमा …

स्थानीय तह निर्वाचनको समीक्षा कार्यशाला सम्पन्न

निर्वाचन आयोगले मिति वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको प्रदेश स्तरीय तथा केन्द्रीय स्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको छ । स्थानीय तह निर्वाचनमा भए गरेका असल अभ्यासहरूको निरन्तरता, समस्याको पहिचान एवं सोको निराकरणका लागि सुझावहरूको सङ्कलन गरी आगामी निर्वाचनमा सुधार ल्याउने उद्देश्यले आयोगले यही असार ५ गतेदेखि विभिन्न मितिमा प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको थियो । यसै गरी हिजो र आज दुई दिन काठमाडौँमा केन्द्रीय निर्वाचन समीक्षा कार्यशालाको आयोजना गर

राति १२ बजेदेखि मौन अवधि शुरु, के गर्न पाइँदैन ?

वैशाख २७, काठमाडौं । मंगलवार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन ।            मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने आयोगले बताएको छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइँदैन । मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।            कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार–प्रसार गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख छ । यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न÷गराउन नपाइने आयोगले जनाएको छ ।            मदिरा विक्री वितरण र सेवनमा प्रतिबन्ध            स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार आइतवार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा विक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । मदिरा सेवनबाट झैझगडा तथा मतदातालाई प्रभावित पार्न सक्ने भन्दै आयोगले मौन अवधिमा मदिराको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।            निर्वाचन सुरक्षालाई ध्यान दिंदै मंगलवार राति १२ बजेदेखि देशका सीमानाका बन्द गरिए पनि अन्तरराष्ट्रिय उडान भने रोकिएको छैन । आउँदो शुक्रवार देशभर एकै चरणमा बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । निर्वाचनका दिन आन्तरिक उडान र अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । रासस

संघीयतामा वित्तीय चुनौती

अहिले देशमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा गरी तीनै तहको निर्वाचन सम्पन्न भइसकेको छ । यसले सात दशकदेखिको राजनीतिक संक्रमणकालको अन्त्यसँगै मुलुक आर्थिक समृद्धितर्फ केन्द्रित भएको छ । मुलुक संघीयता कार्यान्वयनको महत्वपूर्ण चरणमा पुगे पनि वित्तीय संघीयता अत्यन्तै चर्चा र चासोको विषय बनेको छ । ७ सय ५३ स्थानीय तहसहित सातवटै प्रदेशमा पूर्वाधार विकास गर्नुपर्ने चुनौती एकातिर छ भने त्यसका लागि स्रोतको व्यवस्थापन गर्ने अन्योल अर्कातिर छ । प्रस्तुत छ, सोमबार राजधानीमा आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको ‘संघीयतामा वित्तीय चुनौती’ कार्यशाला गोष्ठीमा विज्ञहरूले दिएको सुझावको सार :

नाटक मार्फत गाउँ-गाउँमा मतदाता शिक्षा सकाउँदै कलाकार :: Pahilopost.com

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नजिकिदै गर्दा मतदाता शिक्षाको लागि देशव्यापी सडक नाटक समेत सुरु भएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत सडक नाटक सुरु गरिएको हो। नाटकका लागि ३८ टोलीले तीन दिनको कार्यशाला सम्पन्न गरेका