त्यो बेलाको समाचार सङ्कलन

धेरैलाई पत्यार नलाग्न सक्छ, मुलुकको जेठो अखबारमा आजभन्दा ३५ वर्षअघिसम्म आफ्नै समाचारदाताबाट समाचार सङ्कलन गर्ने चलन नै थिएन तर यो यथार्थ हो । त्यतिबेला गोरखापत्रका सम्पादकहरूले कहिलेकाहीँ समाचार बनाउँथे तर कार्यालयमै आएका विभिन्न मन्त्रालय, विभाग, संस्थानलगायत विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएका विज्ञप्तिमा आधारित रहेर । त्यसैले होला, त्यस्ता समाचारमा कार्यालय प्रतिनिधि भनेर लेखिएको हुन्थ्यो । कहिलेकाहीँ राजाको सवारीमा, मन्त्री तथा प्रधानमन्त्रीको टोलीमा समावेश भएर स्वदेश वा विदेश भ्रमणमा जाने अवसर मिलेका बेला भने सँगै गएका सम्पादकहरूले हाम्रा प्रतिनिधि, विशेष प्रतिनिधि भनेर केहीमा समाचार लेख्नेको नाम (बाइलाइनमा)समेत भएका समाचार छापिन्थे ।

सम्बन्धित सामग्री

संसद् सचिवालय र राससबीच सम्झौता

काठमाडौँ- सङ्घीय संसद् सचिवालय र राष्ट्रिय समाचार समिति राससबीच संसद् गतिविधिसम्बन्धी समाचार सङ्कलन/सम्प्रेषण गर्ने विषयमा सम्झौता भएको छ । राससले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको समग्र गतिविधि एवम् कार्यक्रमसम्बन्धी समाचार तटस्थ र निष्पक्ष ढङ्ग सम्प्रेषण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । संसद् सचिवालयका तर्फबाट सचिव डा रोजनाथ पाण्डे र राससका तर्फबाट महाप्रबन्धक सिद्धराज राईले संसद् सचिवालयमा […]

सत्तापक्षलाई समेत जिम्मेवार बनाउने गरी समाचार सङ्कलन गर्नुपर्छ : मन्त्री सिंह

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले राष्ट्रिय समाचार समिति (रासस) ले सत्तापक्षलाई समेत जिम्मेवार बनाउने गरी समाचार सङ्कलन गर्नुपर्ने बताउनुभएको छ । राससको ६२औँ वार्षिकोत्सवको अवसरमा आइतबार जनकपुरधाममा आयोजित ‘लोकतन्त्रमा जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक समारोहमा प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री सिंहले राससलाई सत्तापक्षको मात्रै हो भन्ने बुझाइलाई चिर्दै समाचार सामग्री सङ्कलन र उत्पादनमा …

जनता, नीति निर्माण र विकासका विषयलाई प्राथमिकता दिनुपर्छ : सचिव अर्याल

काठमाडौँ,२६ मँसिर । राष्ट्रिय समाचार समिति (रासस)। ले संसदमा रिपोर्टिङ गर्ने समाचारदाताको क्षमता विकास गर्ने उद्देश्यले आज यहाँ ‘संसदीय समाचार सङ्कलन प्रशिक्षण’ कार्यक्रमको आयोजना गरेको छ । सो प्रशिक्षणको उद्घाटन गर्दै सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले राससले आफ्नो सेवासागै प्राविधिक पक्षलाई पनि अझै बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले जनताको दैनिकी, […]

संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान

विराटनगर, १९ मंसिर । संसदीय पत्रकार मञ्च प्रदेश नं १ द्वारा आज यहाँ आयोजित ‘संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान’ विषयक कार्यक्रम सुरु भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले उद्घाटन गर्नुभएको दुई दिने सो कार्यक्रममा सातवटै प्रदेशका संसदीय पत्रकार मञ्चका सञ्चारकर्मीको सहभागिता छ । संसद्का समाचार सङ्कलन गर्ने पत्रकारले संसद्मा भोगेका तीतामीठा अनुभव, […]

संविधान दिवसको समारोहमा पत्रकारलाई निषेध !

संविधान दिवसको समारोहमा सरकारले पत्रकारको प्रवेशलाई निषेध गरेको छ । कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेका अधिकांश पत्रकारहरूलाई सुरक्षाकर्मीले समारोहस्थल बाहिर नै रोकेको हो ।यसबारे कार्यक्रम आयोजक समितिसँग बुझ्दा पत्रकारको व्यवस्थापन गर्ने जिम्मा सूचना विभागलाई दिएको र विभागसँगै सम्पर्क गर्नु भन्दै पन्छिएको छ । विभागका कर्मचारीहरू सम्पर्कबाहिर रहेका छन् ।

पत्रकार आचार्यमाथि कुटपिटको आरोपमा ७ जना पक्राउ

राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए ।कुटपिटको आरोपमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधर

समाचार सङ्कलनमा हस्तक्षेप भएकोमा महासङ्घको ध्यानाकर्षण

सर्वोच्च अदालत परिसर र परिसरबाहिर समाचार सङ्कलन गर्न गएका पत्रकारलाई पुर्याइएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समय न्याय क्षेत्रमा देखिएको विकृतिको समाचार सङ्कलन गर्ने क्रममा पत्रकारलाई अदालत र प्रहरी प्रशासनबाट अवरोध पुर्याउने र दुव्र्यवहार गर्ने गरेको आज महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विगत केही समयदेखि …

सूचना विभागको पासले समाचार सङ्कलन गर्न सकिने - News of Nepal

काठमाडौँ, १२ असार । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सूचना विभागबाट प्राप्त परिचयपत्रका आधारमा सञ्चारकर्मीलाई निर्वाचनको समाचार सङ्कलन गर्न सकिने व्यवस्था गरेको छ । यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा मतदान र मतगणनाको समाचार सङ्कलनका लागि आयोगले विशेष पासको व्यवस्था नगरी सञ्चारकर्मीको परिचयपत्रका आधारमा समाचार सङ्कलन गर्न सकिने व्यवस्था गरेको …