काठमाडौं : प्रदेश नम्बर २ का ६ सय भन्दाबढी गरिब र विपन्न परिवारले आवास पाउने भएका छन्। शुक्रबार बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना २०६८, कार्यान्वयन कार्यविधि स्वीकृत गरेसँगै ६ सय १० परिवारले आवास पाउने भएका हुन्।प्रदेश नम्बर २ का आठवटै जिल्लाका प्रत्येक विधान क्षेत्रका १० परिवारले आवास पाउने भएका हुन्। असहाय र विपन्न एकल महिला, कुनै पनि जात वर्गका आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद