उपत्यकाका सडकपेटीमा एसियन कंक्रिट ब्लक बिछ्याइँदै

काठमाडौं : यदि तपाईं अब काठमाडौंका सडकपेटीमा हिँड्नुभयो भने रंगीचंगी ब्लक देख्नुहुनेछ। काठमाडौं महानगरपालिकाले निषेधाज्ञाबीच अहिले रत्नपार्क, माइतीघर मण्डला, सिंहदरबार अनामनगर लगायत क्षेत्रका सडकपेटीमा यस्तै ब्लक हालेको छ।महानगरपालिकाका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाका अनुसार यो काठमाडौं उपत्यकाका सडकमा पहिलो पटक हालिएको ब्लक हो। यसलाई ‘एसियन कंक्रिट ब्लक’ भनिन्छ।उनले फूटपाथलाई गुणस्तरीय बनाउन यो ब्लक हालेको बताए। भने, ‘यो एकदमै राम्रो, बलियो र

सम्बन्धित सामग्री

महाकालीको चार लेन पुल निर्माण अन्तिम चरणमा

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पहुँचमार्गसँगै पुलको दुवैतर्फ पोखरी निर्माणको काम भइरहेको छ । दुवैतर्फ बन्ने पोखरीको गाइड बन्ड निर्माणाधीन अवस्थामा छ । अहिले गाइड बन्ड भरानको काम सकिएर नदीतर्फको भागमा प्लम कंक्रिट (डुंगा र कंक्रिट मिसाएर बनाइने ब्लक) राख्ने काम भइरहेको महाकाली पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेले बताए ।

आठौं ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ हुँदै

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले आठौं संस्करणको ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ फागुन ११ देखि १४ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएका छन् । एक्स्पोको इभेन्ट नाम ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ एण्ड इन्भेस्टमेन्ट एक्स्पो, नेपाल हेभी इक्वीपमेन्ट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ रहेको छ ।   प्रदर्शनीमा विभिन्न देशका ख्यातिप्राप्त ब्राण्डका २०० भन्दा बढी स्टल रहनेछन् । निर्माण कम्पनी, डिलर, सबडिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन तथा नयाँ प्रविधिको बारेमा जानकारी गराउन प्रदर्शनी कोसेढुंगा सावित हुने आयोजकको भनाइ छ । प्रदर्शनीका स्टलमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, प्रि–फ्याब संरचना, यूपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, यूपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइप, टाइल तथा सेनेटरी वेयर, पावर औजार, कंक्रिट ब्लक मेसिनरी उत्पादक, मटेरियल ह्यान्डलिङ उपकरण, एल्युमिनियम कम्पोजिट प्यानल आदिको सहभागिता रहने बताइएको छ । प्रदर्शनीमा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघ र नेपाल क्रसर तथा खानी उद्योग महासंघ सहयोगी संस्थाको भूमिकामा छन् । प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने विश्वास राखेको आयोजकको भनाइ छ । आयोजकका अनुसार प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर तथा इन्टेरियर डिजाइनरहरूको सहभागिता रहनेछ । नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउन तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन प्रदर्शनी सहयोगी बन्ने आयोजकको अपेक्षा छ । नेपालमा उपलब्ध सामग्री तथा प्रविधिलाई विदेशी संस्थाको सामु देखाउन र नेपालमा निर्माणसम्बन्धी कार्यमा भएका प्रयोगलाई अन्तरराष्ट्रिय बजारमा चिनाउन प्रदर्शनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको भनाइ छ ।

सडक पेटीमा बिच्छ्याइँएको ब्लक तीन महिनामै भत्कियो

काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकपेटीमा बिच्छ्याएको एसियन कंक्रिट ब्लक तीन महिना नबित्दै भत्किन थालेको छ। महानगरपालिकाले रामशाहपथ क्षेत्रको पेटीमा बिच्छ्याएको ब्लक भत्किन थालेकाे हाे।कुनै ठाउँमा भने ब्लक नै भासिएको छ। महानगरपालिकाले सहरको सौन्दर्य बढाउन गत जेठमा सोही क्षेत्रमा नयाँ ब्लक बिच्छ्याएको थियो। महानगरपालिकाले निषेधाज्ञाबीच रत्नपार्क, माइतीघर मण्डला, सिंहदरबार अनामनगर, तीनकुनेलगायत क्षेत्रका सडकपेटीमा यस्तै ब्लक बिच्छ्याएको थियो।महानगरपालिकाका शहरी पूर्वाधार विभागका प्रमुख राम

इँटाको विकल्प एएसी ब्लक

काठमाडौं । पछिल्लो समय सहरबजार वा घरगाउँमा घर बनाउँदा इँटा प्रयोग गर्ने क्रम बाक्लिँदो छ ।  तर, इँटा उपलब्ध नहुने दुर्गम गाउँबस्तीमा अझै पनि पक्की घरका लागि ढुंगाको गारो लगाइन्छ । सहरबजार वा आधुनिक बस्तीका  छिमेकको घरमा मात्र भएर जुनसुकै ठाउँमा इँटाको गारोमा अडिएको देख्न सकिन्छ । प्राचीन समयदेखि नै काँचो वा पाकेको इँटाले घर भवन, दरबार र मन्दिर निर्माण गरिएको आधारमा पनि इँटा निर्माणका लागि नभइनहुने वस्तु हो भन्ने प्रमाणित गरेको छ । यद्यपि सहरबजारमा घर बनाउँदा परम्परागत निर्माण सामग्रीको सस्तो, राम्रो र मनपर्दो विकल्प छ भने त्यतातिर ध्यान दिनु उचित हुन्छ । इँटाको हकमा त्यस्तो विकल्प हुन सक्छ, एएसी ब्लक । एएसी अटोक्लेभ्ड एरेटेड कंक्रिट ब्लक हो । यो एक किसिमको इँटा हो । अटोक्लेभ भनिने विशेष खालको मेसिनमा यसलाई पकाइन्छ । एएसीका इँटा मात्र होइन, पार्टेसन गर्ने, भुइँमा ओछ्याउने र छाना लगाउने तयारी बोर्ड पनि उत्पादन हुने गर्छन्  । यसलाई एसीसी वा एएलसी पनि भनिन्छ । सिमेन्ट, बालुवा, चुनाको धुलो र आल्मुनियमको धुलोको मिश्रण गरी निर्माण हुने एएसी ब्लक सुरुमा युरोप र पश्चिमा विश्वमा रुचाइएको पाइन्छ । विश्वव्यापी हुँदै गएको यो निर्माण सामग्री केही वर्षदेखि  नेपालमा पनि उत्पादन सुरु हुन थालेको छ । यसले विस्तारै परम्परागत इँटाको विकल्प वा प्रतिस्पर्धीको रूपमा स्थापित हुने जमर्को गरेको देखिन्छ । एएसी ब्लक उद्योगमध्येको एएसी इँटा उद्योग प्रालिका सञ्चालक महेन्द्र गुरुङका अनुसार नेपालमा अहिले ५ वटा चालू एएसी ब्लक उद्योग छन् भने केही निकट भविष्यमै स्थापना हुने क्रममा छन् ।  उनका अनुसार हाल उत्पादन दिइरहेका उद्योगका अलावा भारतबाट समेत एएसी ब्लक आयात गर्ने गरिएको छ । यसको लोकप्रियता दिनहुँजसो बढिरहेको गुरुङ बताउँछन् । एएसी ब्लकका विभिन्न गुणमध्ये यो परम्परागत इँटाको तुलनामा एक तिहाइ हलुका हुन्छ । हलुका हुनु भनेको निर्माणमा संलग्न जनशक्तिका लागि सहज, छिटोछरितो मात्र नभई भूकम्पीय सुरक्षाको दृष्टिले पनि प्रभावकारी हुन्छ । एएसी ब्लक उत्पादन गर्दा परम्परागत इँटाभट्टामा जसरी दाउरा, कोइला, पराल, आगो, उपयोग गरिँदैन । यसका लागि उपयुक्त आवश्यक ल्याबसहितको व्यवस्थित प्mयाक्ट्री भवन उपयोग गरिन्छ । यसबाट एएसी ब्लक उत्पादन गर्दा इँटाभट्टाको धुवाँले झैं बाहिरी वातावरणमा असर गर्दैन । घरभित्रको वातावरण सन्तुलित राख्न पनि एएसी ब्लक इँटाभन्दा राम्रो मानिएको छ । सिमेन्ट, आल्मुनियमको धुलो, चुनाको धुलो आदिलाई विशेष प्रविधिबाट प्रोसेसिङ गर्दा एएसी ब्लकमा तातो वा जाडोले कम गतिमा असर गर्ने गुण (इन्सुलेसन पावर) को विकास हुन्छ ।  यसबाट घर वा कोठा इँटा र सिमेन्टले जस्तै जाडोमा वास्तविकभन्दा बढी जाडो र गर्मीमा पनि अधिक गर्मी हुने अवस्थालाई न्यून गराउन सहयोग गर्छ । आर्थिक अभियान घर संसारको पछिल्लो परिशिष्टांकमा घरको कोठा प्राकृतिक रूपमै कसरी वातानुकूलित वा न्यानो  बनाउन सकिन्छ र त्यसले खासखास रोगका असरलाई कम गराई पुनः स्वस्थ हुन कसरी मद्दत गर्दछ भन्नेबारे चर्चा गरिएको प्रसंग यहाँ स्मरणीय छ । घर निर्माण गर्दा प्रयोग भएको निर्माण सामग्रीले स्वास्थ्यमा थोरै भए पनि सकारात्मक प्रभाव पार्छ भने त्यो लामो समयका लागि महत्वपूर्ण हुन सक्छ । एएसी ब्लकका माथि उल्लिखित विभिन्न विशेषताका अलावा धेरै चासोको विषय यसबाट घर निर्माण गर्दा लाग्ने लागत र समयको बचत पनि हो ।  व्यवसायी महेन्द्र गुरुङका अनुसार एएसी ब्लकका नेपालमा उत्पादन हुने तीन थरी साइज ४, ६ र ८ इञ्च लम्बाइका ब्लकमध्ये ४ इन्चको ब्लक र प्रचलित इँटाको लागतमा कम्तीमा १५प्रतिशत सस्तो पर्न जान्छ । यसबाट औसत परिवारले बनाउने प्रचलित साढे दुईतले घर बनाउन लाग्ने करोडभन्दा बढी लागतका आधारमा तुलना गर्ने हो भने एउटा घर निर्माण गरिँदा एएसी ब्लक प्रयोग गर्दा उल्लेख्य रकम बचत हुने दखिन्छ । बाह्रै महिना उत्पादन हुने हुँदा एएसी ब्लकको मूल्यमा इँटामा जस्तै पानी पर्नेबित्तिकै मूल्य बढ्ने सम्भावना देखिँदैन । त्यसो हुँदा निर्माणकर्तालाई खर्च कम गराउन मात्र नभई लागतको सही निक्र्योल गर्न सहज हुन्छ ।

गुणस्तरीय प्रिकास्ट कंक्रिटमा नेपाल आत्मनिर्भर

घर, रिसोर्ट, रेष्टुरेष्ट, विमानस्थल, सडक, फुटपाथ तथा भुइँलगायतको सजावटमा प्रयोग हुने प्रिकास्ट कंक्रिट प्रोडक्टको राजधानीमा प्राविधिक कार्यशाला सम्पन्न भएको छ । राजधानीको एभरेष्ट होटलमा भएको कार्यशालामा प्रिकास्ट कंक्रिटबाट निर्माण हुने इन्टरलक पेभर, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, टेक्टायललगायतका दुई दर्जन प्रकारका निर्माण सामग्रीको टेक्निकल तथा अन्य विविध पक्षको बारेमा जानकारी दिने उद्देश्यले कार्यशाला गोष्ठी आयोजना […]