प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सो मातहतका कार्यालय प्रमुखहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयको सभाहलमा शुक्रबार बिहान निर्देशन दिनुका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्ष र सिसिटिभी मनिटरिङ कक्षको अवलोकन समेत गरेका छन् । निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ(आफ्नो इलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आव