काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनियो गुतेरसको नेपाल भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ। सम्भावित क्षेत्रको कडा निगरानीका साथै आवश्यक सुरक्षा फौज परिचालन भइसकेका जनाइएको छ। आज राति नेपाल आइपुग्ने उनले भोलिदेखि नेपालको चार दिने औपचारिक भ्रमण गर्दै छन्। उनको भ्रमणमा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ। सोहीअनुसार प्राप्त जिम्मेवारीसहित सुरक्षा निकाय परिचालन भइसकेका मन्त्रालयले जानकारी दि