विमानस्थल र यसको परिसरमा हुने सानातिना सुरक्षा कमजोरी आफैँमा निकै गम्भीर चिन्ताको विषय हो। विमानस्थलका साना सुरक्षा त्रुटिले पनि सयौँ यात्रुको जीवन नै धरापमा पार्न सक्छ। राष्ट्रिय छविमा गम्भीर असर पर्न सक्छ। विमानस्थल र त्यसमा पनि अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय सुरक्षाका संवेदनशील क्षेत्र हो। त्यसैले संसारका सबै जसो विमानस्थलको सुरक्षा निकै सुदृढ एवं चुस्तदुरुस्त हुने गरेको हुन्छ। सुदृढ सुरक्षा व्यवस्थालाई विमानस्थलको एक प्रमुख पूर्वाधारका रूपमा समेत लिने गरिन्छ। मुलुकको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था सम्बन्धमा विश्व कुख्यात अपराधीहरूले धेरै पहिले नै हात्तीसमेत छिराइदिने अभिव्यक्ति दिएका थिए। यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थाको अवस्था सम्बन्धमा यसले सङ्केत गरेको थियो। यसै सन्दर्भमा फेरि एक पटक त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा भएको दुरुपयोगले नयाँ ढङ्गको परिचर्चा आरम्भ भएको छ। सुरक्षा चिन्ता बढाएको छ।
काठमाडौं– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी आउने भएकाले दिउँसैदेखि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनासम्बन्धी सम्झौता नेपालको संसद्बाट अनुमोदन हुनुअघि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार फेरि नेपाल आएका हुन्। दक्षिण तथा मध्य एसिया मामिला हेर्ने […]
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई संयोजक रहेको छानबिन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी र भित्री दुवैतर्फको सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्ने राय सरकारलाई दिएको छ।
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातेमा जे सुमार टोलीको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुमार नेतृत्वको टोलीको आगमनलाई लक्षित गरी त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको हो ।कतार एयरलाइन्सको विमानबाट सुमारको टोली त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । विमानस्थल सुरक्षा चेकजाँच पनि निकै कडा बनाइएको छ । विमानस्थलमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपालगन्जः दसैं तिहार नजिकिँदै गर्दा हवाई यातायातमा यात्रुको चाप बढेको र पछिल्लो समयमा भीआईपीको समेत आवागमन बढेसँगै नेपालगन्ज विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । पछिल्लो समयमा आएर…