देउवालाई विश्वासको मत प्राप्त

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।प्रतिनिधिसभामा अहिले कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन १३६ मत आवश्यक पर्ने भए पनि उहाँले १६५ मत प्राप्त गर्नुभएको छ । मतदानमा २४९ जना सांसद सहभागी भएकाेमा विपक्षमा ८३ मत खसेका छन् भने एक मत तटस्थ रहेकाे छ । उहाँलाई कांग्रेस, माओवादी केन्द्र, जसपाको दुवै पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका छन् । एमालेको माधव नेपाल समूहका केही सांसदले मात्र उहाँलाई विश्वासको मत दिएका छन् । पार्टी एकताको पहल गर्...

सम्बन्धित सामग्री

देउवालाई विश्वासको मत : एमाले दुवै पक्षलाई घाटा

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ।नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए।  प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा दुवैतिर खटपट उत्पन्न हुँदा ओली र नेपाल दुवैलाई घाटा भएको छ। नेपाल समूहका

नेपालले दिए देउवालाई विश्वासको मत, ओली पक्षका चार सांसद पनि

काठमाडौँ- अन्तिमसम्म प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने या नदिने भन्ने निर्णय लिन नसकेका एमाले असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालले देउवालाई विश्वासको मत दिएका छन्। केहीबेर अघि देउवाले विश्वासको मत लिनेक्रममा नेपालले देउवालाई विश्वासको मत दिएका हुन्। विश्वासको मत दिनेमा नेपालसहित उनी पक्षका अन्य नेताहरु पनि छन्। उनीहरुको विवरण आइसकेको छैन। तर नेपाल पक्षबाट कार्यदलका […]

देउवालाई विश्वासको मत दिनेबारे  नेमकिपा तटस्थ बस्ने

नेपाल मजदुर किसान पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा तटस्थ बस्ने भएको छ।

राप्रपाले देउवालाई विश्वासको मत नदिने

राप्रपाका एक्ला सांसदले शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । सो पार्टीका स्वतन्त्र हैसियतका सांसद राजेन्द्र लिंदेनले पार्टीले देउवालाई विश्वासको मत नदिने र स्वतन्त्र बस्ने प्रतिनिधिसभामा जानकारी गराए । उनले केहीछिनमै प्रधानमन्त्रीमा विश्वासको मत पाउन लागेका देउवालाई बधाई तथा शुभकामना भने दिए । उनले राम्रो काम गरेर जनताको मनमा बस्न आग्रह गर्दै नराम्रो काम चाहिँ गर्दै नगर्न सचेत गराए । उनले बालुवाटारलाई पार्टी कार्यालय जस्तो नबनाउन पनि आग्रह गरे ।

ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।...

माधव पक्षका क-कसले दिने भए देउवालाई विश्वासको मत ?

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षका अधिकांश सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।  एमालेको विवाद मिलाउने कार्यदलमा रहेका केही नेताले १० बुँदे सहमतिअनुसार पार्टीको विवाद मिलाउनेतर्फ जानुपर्ने बताएका भए पनि धेरैले संसद्, लोकतन्त्र र संविधान जोगाउन देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् । नेपाल पक्षका नेता विरोध खतिवडाले त एमालेबाट ४० जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने दाबी गरे । ‘अदालतको फैसला आएदेखि नै हामी संसद् जोगाउनु पर्छ भनेर लागेक...

देउवालाई विश्वासको मत दिने एमालेमा रहन सक्दैनन् : ओली

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने बताएको छ । पार्टीको निर्णय विपरीत विश्वासको मत दिनेहरु पार्टीमा रहन नसक्ने अध्यक्ष ओलीले घोषणा गरेका छन् । स्थायी कमिटी बैठकमा नेपाल समुह सहभागी थिएनन् । सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज प्रतिनिधिसभामा […] The post देउवालाई विश्वासको मत दिने एमालेमा रहन सक्दैनन् : ओली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा रहेको दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिनुभयो । नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल गरिएको उहाँले बताउनुभयो । माओवादी केन्द्रसँग ५३ जना सांसद रह...

माओवादी केन्द्रले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सिंहदरबारस्थित केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । संसद पुन: स्थापनापछि पहिलाे पटक आज ४ बजे प्रतिनिधिसभाकाे बैठक बस्दैछ । सोही बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ ।

देउवालाई विश्वासको मत दिने कि नदिने? नेपाल समूहमा भएन एकमत

काठमाडौं : नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षभित्र देउवालाई विश्वासको मत दिने या नदिने बारेमा फेरि पनि विवाद भएको छ। पार्टीको विवाद समाधानका लागि गठित कार्यदलमा रहेका नेता र अनौपचारिक वार्तमा सक्रिय नेताहरु देउवालाई विश्वासको मत दिन नहुने पक्षमा छन् भने त्यस बाहेकका नेताहरु भने विश्वासको मत दिनुपर्ने बताउँदै आएका छन्। नेपाल…