काठमाडौं : शिर्ष नेताहरुको विवादका कारण जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा पुगेको छ। पार्टी एकता भएको एक बर्ष बित्न नपाउँदै जसपा विभाजनको बाटोमा लागेकोे हो। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि कतापट्टि लाग्ने भन्ने बिषयले बीजारोपण गरेको विवाद अहिले विभाजनको संघारमा आइपुगेको छ। पार्टीभित्रको विवाद उत्कर्ष तर्फ धकेलिरहेका बेला अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आफू पक्षको सांसदहरुको उपस्थितिमा नेता महतोलाई संसदीय दलको नेता