खोटाङ – खोटाङका जनता समाजवादी पार्टीका ३९ जना नेताले पार्टी परित्याग गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, साङ्गठनिक र सैद्धान्तिक रूपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको आरोप लगाउँदै जिल्ला अध्यक्ष टंक थापासहित ३९ जना नेताले जसपा परित्याग गरेका हुन् ।
अध्यक्ष थापाले सोमवार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै ११ पदाधिकारीमध्ये सात जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, सात केन्द्रीय सदस्यमध्ये दुई जना र ६ जना प्रदेश सदस्यमध्ये तीन जनाले पार्टी परित्याग गरेको जा...