जसपाका कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग, नयाँ पार्टी गठन गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी आफूले पार्टी परित्याग गरेको जनाएका हुन् ।कार्कीले जसपाको पार्टी परिचालनको कार्यशैली समिति प्रणालीमा नभई अलोकतान्त्रिक सर्वसत्तावादी प्रवृत्तिबाट सञ्चालित रहेको आरोप लगाए । उनले पार्टी स्वेच्छाचारी रूपमा सञ्चालन गरिएको र खस आन्दोलनलाई धोकादिने काम भएकोले आफूले पार्टी परित्याग गरेको बताए । जसपामा समाहित हुनुअघि कार्कीले खस समावेशी राष्ट्रिय पार्टीको ने

सम्बन्धित सामग्री

जसपाका कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग

जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् । कार्कीले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेका हुन् ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य राईद्वारा पार्टी परित्याग, एमाले फर्कने तयारीमा

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हेमराज राईले पार्टी परित्याग गरेका छन्। नेता राईले सोमबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा–पत्र बुझाएका हुन्। नेता राईसँगै जसपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दानबहादुर चौधरी, चन्द्रविक्रम राई, भूराज राई, उमेश थापा, शान्त प्रधान, रामसिंह राई, सुनिल राई लगायतले पार्टी परित्याग गरेका हुन्।

एमालेमा गएकी प्रेमा पुनः जसपामा फर्किन्

जनता समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी पर्साकी प्रेमा खत्री पुनः जसपामा फर्केकी छिन् । एक हप्ता अगाडि उनी एमालेमा प्रवेश गरेकी थिइन् । शुक्रबार उनी मधेश प्रदेशका मुख्यमन्त्री एवं जसपाका कार्यकारिणी सदस्य लालबाबु राउतको रोहवरमा जसपामा फर्केकी हुन् ।  उनले  जसपाबाट वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ को अध्यक्षमा चुनाव जितेकी थिइन् । खत्री भन्छिन्, ‘एमाले कार्यकर्ताबाट धेरै दवाव आयो, विभिन्न प्रलोभनमा पार्यो, एमालेका नेता तथा कार्यकर्ताले यस्तो अवस्था सृजना गरे