प्रहरीले ४ ग्राम ६ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बुधवार धनगढीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका २ बस्ने २५ वर्षीय दिपेन्द्र सिंह र ३३ वर्षीय नितेश ओली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा सो परिणामको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।